कञ्चनपुर । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत सुदूरपश्चिम प्रदेश(कैलाली, कञ्चनपुर)मा संचालन गरेको अभियान सफल भएको जनाएको छ । गत १२फागुन पुर्वी नेपाल झापादेखि शुरु भएको अभियान १५बैशाखमा सुप प्रदेश कैलाली पुगेर १७ बैशाख कञ्चनपुर भीमदत्त नगरपालिका पुगेर समापन गरिएको थियो ।

अभियान पश्चिात माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले समिक्षा गर्दै अभियान पूर्ण सफल भएको यस पछि मध्य पहाडी मार्ग केन्द्रीत अभियान संचालन गर्ने जनाएको छ । शुक्रबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले जारी गरेको प्रेस विज्ञप्तीमा अभियान कैलाली, कञ्चनपुरका प्रतिनिधी सभा सदस्य ६ क्षेत्र, प्रदेशका ९, पालिका ९ र ४७ वडा गाँउबस्तीमा संचालन गरिएको छ ।

अभियान अन्र्तरगत सहिद, वेपत्ता, परिवार, आम सर्वसाधारण जनता संग भेटघाट ष्रिएको छ । विभिन्न पालिकाहरुमा सम्मान एव स्वागत गरिएको थियो । जनताकै घरमा बास, भोजनदेखि विकासका बारेमा अन्तरकृया गरिएको छ । अभियानले पाटीकोे उचाई बढाएको र जनतापनि पाटीप्रति आकर्षित भएको जनाएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तीमा अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहभागि पाटी नेता कार्यकर्ताहरुदेखि आम जनताप्रति आभार प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुस