कञ्चनपुर । नेकपा एकीकृत समाजवादी कञ्चनपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । समाजवादीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पठाएको हो ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपसचिव महेशराज जोशीले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको बताए । उपसचिव जोशीले समाजवादी कञ्चनपुरले विवित माग अघि सारेर १८ बुँदे ज्ञापन पत्र बुझाएको बताए ।

जिल्लाको सीमा अतिक्रमण रोक्नुपर्ने, अतिक्रमण रोक्नुपर्ने, भूमिहिन सुकुमबासी, आक्षपीडितको पुर्नस्थापना गर्नुपर्ने, शुक्लाफाँटा निकुञ्ज सहितका धार्मिक पर्यटकीय स्थलको सरक्षण गर्नुपर्ने, विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप रोक्नुपर्ने, महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नती, भ्रष्टाचार रोक्नुपर्ने, गड्डाचौकीमा एकीकृत जाँचचौकी स्थापना, सार्वजनिक सरोकारको विषय अघि बढाउनुपर्ने, दैजी छेला औद्योगिक क्षेत्रको बृद्धि विकास गर्नुपर्ने, सार्वजनिक सेवा प्रभावकारी बनाउनुपर्ने लगागतका दर्जनौँ माग अघि सारेका छन ।

समाजवादी जिल्ला अध्यक्ष जिवन थापाले प्रजिअ ढकाललाई बुझाएको ज्ञापन पत्र हुबहु प्रधानमन्त्री कार्यालयमा बुझाउने जनाएको छ ।

समाजवादीले जनजिविका सवालमा उठान गरेका विषयमा सरकार गम्भिर नभर आन्दोलनको चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुस