कञ्चनपुर । कञ्चनपुरका एक युवा नेता कम्युनिष्ट युवा संगठन नेपालको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन । बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालको केन्द्रीय सचिवमा कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरी निर्वाचित भएका हुन । बहुमत निकट युवा संगठनको हालै काठमाण्डौँमा सम्पन्न भएको प्रथम राष्ट्रिय सम्मेलनबाट सचिवमा सर्वसम्मत चयन भएको जनाएको छ ।
यस अघि सुप प्रदेश इन्चार्ज समेत रहेका ऐरीले संगठनले आफुलाई गरेको विश्वास अनुरुप अघि बढने प्रतिबद्धता जाहेर गरेका छन । ऐरी कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा सुशासन, सीमा सुरक्षा, समाजिक हितका क्षेत्रमा आवाज उठाउँदै आएका थिए । ऐरीले युवा संगठन केन्द्रीय पदाधिकारीको जिम्मेबारी पाएछि उनलाई सहकर्मी सहितका आफन्त, शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिईरहेका छन ।
प्रतिक्रिया दिनुस