मोहन विष्ट
देहरादुन । झण्डै अढाई सय अर्थात २ सय ६५ बर्ष अघि ‘नेपाल’को भूगोल पुर्वमा टिष्टा र पश्चिममा काँगडासम्म थियो । त्यो भूमि ग्रेटर नेपालबाट अहिलेपनि परिचित छ । सन १८१६ मा तत्तकालिन भारतका अंग्रेज शासक र नेपालविच सुगौली सन्धी भएपछि पश्चिम महाकाली र मेची पुर्वको भू–भाग गुमाउनुप¥यो । नेपालको सीमानाको ऐतिहासिक पृष्ठभूमि अनुसार १८०६ मा नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म फैलिएको र १८०९ मा पश्चिमी सीमा घटेर सतलजमा आइपुग्यो ।
सन् १८१४–०१६ सम्मको अंग्रेज र नेपाली गोर्खाली सीमायुद्धको परिणामले मेची र महाकाली खुम्चियो । ४ मार्च १८१६ मा तत्तकालिन अग्रेज शासक र नेपालविच भएको सुगौली सन्धिमा हस्ताक्षर भएपछि उतिबेलाको विशाल नेपालको एक तिहाइ भाग गुमाउनुप¥योे । उतिबेला गुमाएको भूमि फेरी १८६०मा भएको सन्धीबाट नयाँ मुलुकका रुपमा बाँकेदेखि कञ्चनपुरको भूमि फिर्ता ग¥यो । भारतमा अंग्रेज शासनप्रति आक्र्रोसत बढिरहेका बेला १८५० सतर शुरु भएको सिपाही बिद्र्रोहका नामबाट स्वतन्त्रता संग्राम सुरु भयो ।
यो विद्रोह दमन गर्न इस्ट इन्डिया कम्पनी सरकारले नेपाललाई अनुरोध गरे अनुरुप नेपालले २ जुलाई १८५७ मा ६ रेजिमेन्ट गोर्खाली फौज अंग्रेजको सहायतार्थ भारततर्फ पठायो । जङ्गबहादुर राणाकै नेतृत्वमा तीन पल्टन सेना लिएर १० डिसेम्बर १८५७ मा लखनऊतर्फ प्रस्थान गरे । तिनले गोखपुरदेखि लखनऊसम्मका विभिन्न स्थान नियन्त्रणमा लिई विद्रोही जत्थालाई १० मार्च १८५८ सम्ममा पूर्णरूपले लखनऊबाट हटाई अंग्रेजी प्रभुत्व कायम गराईदिए बाफत चार जिल्ला फिर्ता दिएको पाईन्छ ।
नेपालले गुमाएको पश्चिम भूभाग मध्येको नालापानी खलङगा किल्ला पनि एक थियो । अन्य भूभाग मानिसको मानसिक पलटमा नभएपनि नालापानी खलङ्गा किल्ला अहिलेपनि जिवितै छ, किनकी कालापानीमा तत्तकालिन ब्रिटिस शासनको समाज्य बिरुद्ध चार पटक नेपाली सेना लडेका थिए । सन १८१४ मा अन्तिम पटक आधुनिक हातहतियार सहित ब्रिटिसी सेनाले नेपालका गोर्खाली सेनाले पिउने खानेपानीको मुहान बन्द गरेपछि मात्रै जितेको थियो ।
नेपालको पश्चिम अन्तिम पोष्ट नालापानीको युद्धमा अग्रेजका तर्फबाट मेजर जनरल रोबर्ट रोलो जिलेस्पी र नेपालका तर्फबाट सन १८१४ मै नालापानीको कमाण्डरको जिम्मेबारी पाएका बीर बलभन्द्र कुँवरले नेतृत्व गरेको उक्त लडाईमा अग्रेका सेनापती जिलेस्पी सहित ८ सय अग्रेज सेनाले ज्यान गुमाएका थिए, भने नेपालका तर्फबाट महिला, बालिका सेना सहित गरेर ९७ जनाले ज्यान गुमाएका थिए ।
२९ नोभेम्बर १८१४मै अग्रेजी सेनाले चारैतिरबाट नालापानीको गोर्खाली सेनामाथि हमाल गरे खानेपानीको मुहान नै बन्द गरेपछि पानी नपाएर गोर्खाली सेना नेपाली नागरिक हाताहती भएका थिए । नालापानीको युद्ध हारेपछि बलभद्र कुँवरले ७० नेपाली सेना लिएर किल्लाबाट बारिरिदै पछि पञ्जाबका राजा सिंहको तर्फबाट अङ्ग्रेजसँग लड्दालड्दै १८२४ मा अफगानिस्तानमा कुँवर मारिएका थिए ।
अन्तिम पटक अग्रेजका अत्याधुनिक हातहतियार भएका ३५ सय सैनिकसंग घरेलु हातहतियार भएका गोरखाली ५सय सेना, महिला, बालबालिका लडेका थिए । युद्धपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार (भारतीय अँग्रेज सरकार) ले नालापानी किल्लामा मारिएका आफ्ना सेनापति जनरल जिलेस्पी र नेपाली कमान्डर वीर योद्धा कुँवरको सम्मानमा दुई वटा स्तम्भ (स्मारक) बनाएको थियो ।
स्तम्भमा राखिएको शिलामा अङ्ग्रेज सरकारले नेपाली सेनालाई ‘वीरसत्रु’ भनेर सम्मान गरेको शिलालेख आज पनि भारतको देहरादुनमा बनाइएको स्तम्भ हेर्न सकिन्छ । नालापानीमा लडाइँ सकिएपछि अङ्ग्रेजहरूले नेपाली सेना र कुँवरको प्रशंसा गरेर लेखेका थिए । स्तम्भ रहेको स्थानलाई भारत सरकारको पुरात्व विभाग र बलभद्र खलङगा विकास समितिले संरक्षण गरेको पाईन्छ । मुल गेट सहित दुई नेपाली खुकुरीवाला स्तम्भ बनाएको छ ।
पश्चिम गड्डाचौकी कञ्चनपुरदेखि झण्डै ३ सय ४६ किलोमिटर दुरीमा रहेको देहरादुन बजारदेखि झण्डै १५ किलोमिरट उत्तर जंगलको टापुमा रहेको नालापानी किल्ला पछिल्ला बर्षहरुमा नेपालीहरुको अवलोकनको केन्द्र बनेको छ । भारतीय सहित त्यही देहरादुनमै रहेका नेपालीमुली र नेपालका विभिन्न जिल्लाबाट समेत किल्ला अवलोकनका लागि त्यहाँ जाने गरेको पाईन्छ । नेपालको राजधानी काठमाण्डौँबाट पििहलो पटक कालापानी पुगेका रामेश्वर पन्तले नेपालीको ईतिहास राख्नुपर्ने बताए ।
‘मैले नालापानीको युद्ध सबै किताबमा पढेको थिए, देखेको थिए, ‘उनले भने, ‘आज प्रत्यक्ष किल्ला हेर्ने अवसर मिल्यो, नेपालीको बीरताको ईतिहास राख्नुपर्छ ।’ मातृभूमि रक्षार्थ दुस्मन बिरुद्धमा कसरी नेपाली मौलिकतामा लडेको हरेक नेपालीले ईतिहास जान्नुपर्ने बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरका स्थानीय समेत रहेका सुदूरका युवा उद्यमी तेज बहादुर चन्दले नेपाली बीर पुर्खाहरुले गरेको योगदान उच्च भएकाले ईतिहास रहेको र त्यसलाई नेपालले समेत आत्मसाथ गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले नेपाली बीर गोर्खालीको ईतिहास कायमै राख्नुपर्ने बताए । नेकपा एमाले पोल्टिब्यूरो सदस्य समेत रहेका रावलले अग्रेजले पनि नेपालीको युद्ध कलालाई सम्मान गरेको बताउँदै उनले ईतिहासलाई नेपाली मात्रै नभई विश्वभरीका पाठ्यक्रममा राख्नुपर्ने सुझाव दिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले आफुले अध्ययन गर्दै गर्दा नालापानीको ईतिहास पढेको र अहिले प्रत्यक्ष अवलोकन गर्न पाईएपछि खुसी व्यक्त गरे । उनले नेपालीको बीरताको ईतिहास कायम राख्नुपर्ने बताए । संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले उतिबेला अग्रेज शासकहरुले नेपाली गोर्खालीहरुको बहादुरी अदम्य शाहसको कदर गर्दैै आएको बताउँदै त्यही बीरताले विश्वभर नेपाल र नेपालीको स्वाभिमान कायम रहेको बताए । ईतिहासलाई जिवन्त राख्दै पुस्तौपुस्तासम्मका नेपालीलाई नालापानीको युद्ध बारे जानकारी राख्नुपर्ने बताए ।