महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले वडा स्तरिय बाल क्लबलाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यशनी नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

यही जेष्ठ १७ गते भीमदत्त नगरपालिकाले २१ ज्ना सदस्य रहने गरी बाल क्लबको गठन गरेको थियो शुक्रवार तिनै सदस्यहरुलाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यशनी नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।

भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बाल क्बललाई विभिन्न नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले आजको तालिम प्रदान गरिएको बताउनु भयो ।

आजका बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भोली महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनिहरुलाई अहिले देखी नै दक्ष बनाउनु पर्ने भएकाले बाल क्लबका सदस्यहरुलाई यो सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

बाल अधिकारमा कानुनको अवस्था कस्तो रहेको छ ? बढदो लागुऔषधलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? भनेर उहाँहरुलाई जानकारी दिने प्रत्येक वडामा बाल क्लबको गठन होस भन्ने हेतुले आजको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिका १८ मा रहेको बाल क्लबका अध्यक्ष भावेश ओेझाले यो कार्यक्रम अति नै लाभदायिक रहेको बताउनु भयो । यो तालिमले सहभागिहरुको जिवनमा निकै ठुलो परिवर्तन गर्ने र आफनो क्षमता विकास पनि भएको बताउनु भयो ।

साथै आफुहरुलाई आफनो समदायमा रहेका विकृती विसंगतीको चिरफार गर्ने हौसला मिलेको बताउनु भयो ।

प्रतिक्रिया दिनुस