लालझाडी । लालझाडी गाउँपालिकाले १ वर्षमै करारमा ७६ कर्मचारी भर्ना गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ७६ कर्मचारी करारमा भर्ना गरेको हो।

 

प्रतिस्पर्धाको आधारमा करारमार्फत सेवा लिन सकिने व्यवस्था छ। तर, गाउँपालिकाले कानून विपरित कार्यालय सहयोगी, स्वास्थ्यकर्मीलगायत विभिन्न पदमा ७६ कर्मचारीहरु करारमा राखेर २ करोड ५लाख २५ हजार ९ सय ७८ रुपैयाँ खर्च गरेको छ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ।

 

सो दफामा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायतका पदमा मात्र प्रतिस्पर्धाको आधारमा करारमार्फत सेवा लिन सकिने व्यवस्था छ। महालेखाले कानुन बमोजिम करार सेवाबाट पदपुर्ति गर्न निर्देशन दिएको छ। गाउँपालिकाको आन्तरिक आय ६२ लाख ६० हजार १ सय ९० रुपैयाँ मात्र रहेको छ। सत्य दृश्यबाट साभार

 

प्रतिक्रिया दिनुस