डिल्लीराज पन्त
कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरमा लागु औषध तथा ओसारपसार को भयावह अवस्था देखिएको छ । जिल्ला का युवा जमातमा बढ्दो लागुऔषत्र दुव्र्यसनीका कारण नागरिक समाज , घर परिवार चिन्तित बनिरहेका छन ।
वढ्दो लागुऔषध का भयावह अवस्थालाई न्युनिकरणका लागी नेपाल प्रहरी , नागरिक समाज तथा विभिन्न संघ संस्थाहरु लागी परिरहेका छन भने स्थानिय सरकारले सवै वडाहरुमा रोकथाम र नियन्त्रणका लागी केहि बजेट शिषैक नै छट्याएर वडा वडामा जनचेतना मुलुक कार्यक्रम संचालन थालेका छन ।
त्यसै क्रममा निश्वार्थ भावनाले विभिन्न समाजिक कार्य गर्दै आईरहेको संस्था नेपाल रेडक्रस सोसाईटी महाकाली उपशाखा बासखेडा ले कञ्चनपुरको भिमदत्तनगर नगर– १६ मा जुनियर ÷युवा रेडक्रस सर्कलका लागी लागु औषध र्दुव्यसन तथा रेडक्रस अभियान सचेतना कार्यक्रम सम्पन्न गरेका छ ।
उपशाखामा आवद्ध भिमदत्त नगरका ७ वडाका १८ विद्यालयहरु सहभागी रहेको उक्त कार्यक्रममा शिक्षक विद्यार्थि हरुको सहभागिता रहेको थियो ।
भिमदत्तनगर १६ बसन्तपुर वडा कार्यलयको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटि महाकाली उपशाखा बासखेडा को आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रmमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध दुव्र्यसन सम्वन्धी प्रशिक्षण गरेको छ ।
कार्यक्रमा ज्लिला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव निरिक्षक सागर वोहराले लागु औषको कुलतमा कसरी नयाँ पुस्ताका युवा युवती फसीरहेका छन र यसलाई न्युनिकरण प्रहरी एक्लैले मात्रे सम्भव नहुने भन्दै यसमा अविभावकका साथै सवै सरोकारवाला निकायले आ आफ्नो क्षेत्रवाट सहयोग गरे धेरै हद सम्म लागु औषध दुव्र्यसनी लाई नियन्त्रण गर्न सकिने बताएका छन । उहाले लागु औषध दुव्र्यसन सम्वन्धी जिल्लामा सुरक्षा निकायले भए गरेका तथ्यांकको वारेमा समेत जानकारी गराएका छन ।
त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि महाकाली उपशाखा बासखेडा का सभापती भवानी प्रसाद पन्तले नेपाल रेडक्रस सोसाईटि महाकाली उपशाखा बासखेडा ले विगत देखिनै विभिन्न सामाजिक, शैक्षिक तथा विपद व्यवस्थापनमा अहम भुमिका खेल्दै आईरहेको र पछिल्लो समय समाजका वढिरहेको लागु औषध दुव्र्यसन नियन्त्रणमा समेत हातेमालो गर्दै जाने बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि रहेका भिमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले समाजलाई सहि दिशामा ल्याउन आजका युवा पुस्ताको अहम भुमिका रहेकोले उनीहरुलाई लाई दुव्र्यसनी वाट जोगाउनु पर्ने र यसका लागी नगरपालिकाले विभिन्न जनचेतनामुलुक कार्यक्रमका लागी वजेट शिर्षकले छुट्याउने गरेको बताउदै आगामी दिनमा समेत नगरपालिकाले लागु औषध नियन्त्रणका लागी नगरपालिकामा पनै १९ वटै वडामा के कसरी सकिन्छ सो अनुरुप आर्थिक रुपमा सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन ।
भिमदत्त नगर १६ र १३ नम्वर वडाका वडा अध्यक्षद्धय केशव सिंह विष्ट र रामचन्द्र वोहरा(झक्कास) ले नेपाल रेडक्रस सोसाईटी महाकाली उपशाखा बासखेडा ले आयोजना गरेको जस्तै यस्ता कार्यक्रमहरुलाई सवै वडाहरुले समेत संचालन गरेर आ आफ्ना वडाका युवाहरुलाई सचेत गराई दुव्यसनी वाट जोगाउन महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।
भागरथी प्राथमिक विद्यालय ऐरीका प्रधानाध्यापक गणेश महर ले संचालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी महाकाली उपशाखा बासखेडा संग आवद्ध सवै स्कुलहरु वाट शिक्षक , विद्यार्थि तथा नागरिक समाज जनप्रतिनिधि सुरक्षा निकाय को सहभागिता रहेको थियो ।