कञ्चनपुर, ३०जेठ
कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी योजना निर्माण गरिदिएका छन । भीमदत्त नगरपालिका ८ तिलाचौरका युवा दिपक देउवाले गाँउमै रहेको सिद्धनाथ मन्दिरमा खानेपानीकोे योजना बनाएका हुन ।
देउवा हाल भारतको बङलोरमा व्यवसाय गर्दै आएका छन । आफु परदेशमा बस्दै आएपनि उनले मातृभूमिका लागि केही समाजिक काम गर्दै आएका हुन ।
सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख बहादुर पुजाराले समाजसेवी देउवाको निजी लगानीमा निर्माण भएको खानेपानी संचालनमा आएको बताए । उनका अनुसार १० हजार लिटर खानेपानीको ट्याङकी निर्माण गरिएको छ । संगै डिपटुबेल मार्फत खानेपानी वितरण गरिएको छ ।
३ लाख, २५ हजार, ५सय ३रुपैँया लगानीमा देउवाले खानेपानीको योजना बनाईदिएका हुन । अध्यक्ष पुजाराले सिद्धनाथ मन्दिरमा खानेपानीको अभाव हुँदा समाजसेवी देउवासंग आग्रह गरे अनुरुप जडान गरिदिएको बताए । झण्डै डेढ विगाह क्षेत्रफलमा रहेको मन्दिरमा माता, जोगी, पुजारी बस्दै आएका छन । ‘मन्दिरमा बस्ने र यात्रुका लागि छुट्टाछुट्टै धारा जडान गरिएका छन, ‘उनले भने, ‘अब मन्दिरभित्र र छरछिमेकलाई सहज हुनेछ ।’
समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर)ले समाजसेवी देउवाले समाजको हितका लागि गर्दै आएको काम सरानिय रहेको बताए । बोक्सरले सरकारको मुख तोक्नु भन्दा दिपक देउवा जस्ता समाजसेवीको राज्यले सम्मान गर्नुपर्नेमा जोडदिए ।
गाँउमा रहेको मन्दिरमा खानेपानीको ट्याङकी निर्माण गरिदिएपछि मन्दिरका पुजारादेखि स्थानीयले सुविधा भएको बताएका छन । मन्दिरका पुजारा रघुनाथ जोशीले खानेपानी जडानसंगै मन्दिरमा सहज भएको बताए । तिलाचौरका स्थानीय युवा बलराम एसकेले मन्दिरमा खानेपानी जडान अघि पनि समाजसेवी देउवाले विपन्नको घर निर्माण, न्याना लुगा वितरणदेखिका समाजिक काम गर्दैै आएको बताए । शुक्रबार उक्त योजनाको एक कार्यक्रमका विच उद्घाटन गर्दै समाजसेवी दिपक देउवाले आफ्नो जन्मभूमिप्रतिको कर्तव्य भएको बताएका छन । भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदन मिश्रले समाजसेवी दिपक देउवाले समाजको हितका गर्दै आएको कामकाज सरानिय भएको बताए । देउवाले समाजिक क्षेत्रमा अतुलनिय काम गरेको भन्दै मन्दिर समितिले अभिनन्दन गरेको छ ।देउवालाई दोसल्ला ओढाएर सम्मान गर्दै आगामी दिनमा समेत समाजिक कार्य गर्न अपेक्षा राखेका छन । शिक्षक अगुवा भगिरथ पाण्डेयले संचालन गरेको नवनिर्मित खानेपानी ट्याङकी उद्घाटन कार्यक्रममा स्थानीयले समाजसेवी देउवाकोे प्रसंसा गरेका छन ।