कञ्चनपुर, ३०जेठ
विपद्संग सामना गर्नका लागि बेलौरी नगरका युवा स्वयमसेवकलाई तालिम दिन लागिएको छ । बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखाले विपद् प्रतिकार्यका लागि नगरका युवाहरुलाई स्वयमसेवक तालिम दिन लागेको होे ।
बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले गत मंगलबारदेखि एक हस्ते तालिम सचालन गरिएको बताए ।
उनका अनुसार नगरका १०वडामध्ये पहिलो चरण अन्र्तरगत बढी विपद् प्रभावित २, ५, ६, ८ र १० वडाहरुका १०जनाका दले ५०जनालाई तालिम दिन लागेको बताए । दोस्रो पटक बाँकी वडाहरुका स्थानीय युवाहरुलाई तालिम लिने बताए । तालिममा वाढी, डुवान, कटान, आगलागी, भुकम्प सहितका विवित प्रकृतिका विपद् पुर्व तयारी, विपद्का बेला उद्दारदेखि विपद् पश्चात पुर्नस्थानाका विषयमा प्रशिक्षण दिन लागेको बताए ।
सशस्त्र प्रहरी बलले प्रशिक्षण दिन लागेको बताए । सशस्त्र प्रहरी बल ३५नम्बर गणका इन्चार्ज एसपी लोकेन्द्र भट्टले विपद् प्रतिकार्यका लागि समुदायकै युवाहरुलाई तालिम आवश्यक रहेकोे औल्याए । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले सबै प्रकृतिका विपद, प्रकोपबाट मानविय तथा भौतिक क्षति रोक्नका लागि सामुदाय स्तरबाटै तालिम संचालन गर्न लागेको बताए । मेयर चौधरीले विपद् प्रतिकार्यदेखिका कार्यमा समुदाय सक्षम बनाउन तालिम दिन लागेको बताए । मेयर चौधरीले तालिममा सिकेका विषयबस्तु विपद्का बेला व्यवहारिक कार्यान्वयन गर्न समेत आब्हान गरेका छन । आगामी बर्षहरुमा टोल स्तरमा समेत तालिम दिएर विपद् प्रतिकार्यात्मक कामकाज सहज बनाउने बताए । पहिलो पटक विपद् व्यवस्थापन तालिम पाएपछि स्थानीय युवाले आगामी दिनमा विपद् प्रतिकार्यमा खटिने अनुभव व्यक्त गरेका छन ।