शुनिल राना, असार ५
कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालयका एक विद्यार्थी गणित विज्ञान प्रर्दशनीमा प्रथम भएका छन । बिहीबार डडेल्धुरामा सम्पन्न भएको गणित विज्ञान प्रर्दशनमा भीमदत्त नगरपालिका १९ बागफाँटा लक्ष्मी माविका विद्यार्थी रोशन नाथ प्रथम भएका हुन । शिक्षा विकास निर्देशनालय दिपायलले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा १०का छात्र नाथ प्रथम भएको जनाएको छ । छात्र रोशन नाथलाई समाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले नगद १५ हजारका साथै प्रमाणपत्र मेडल हस्तान्तरण गरेकी थिईन । शिक्षा विकास निर्देशनालय दिपायलका महानिर्देशक दुर्गादत्त विष्टले विद्यार्थीविच अन्तर क्षमता बृद्धिका साथै विद्यार्थीको शिक्षण सिकाईमा अभिरुची बृद्धिका लागि प्रतिस्पर्धा आयोजना गरिएको छ । लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यालयका सबै शिक्षक, विद्यार्थीको निरन्तर मेहनतले उपलब्धी हासिल गर्न सकिएको बताए । यस अघि लक्ष्मी माविका छात्र रोशन नाथ जिल्लाबाट समेत छनौट भएका थिए ।
प्रतिक्रिया दिनुस