कञ्चनपुर ,मंसिर ११,सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले भत्केको कालोपत्रे सडक मर्मत गरेको छ । बेदकोट नगरपालिका – ९ सुन्दरपुरमा रहेको सिद्धनाथ क्रसर उद्योगले भत्केर छियाछिया भएको सडक मर्मत गरेको हो । कोल्डस्टोरदेखि सुन्दरपुर जोड्ने कालोपत्रे सडक भत्किएर बिग्रीएको थियो । उद्योगले समाजिक दायित्व भन्दै मर्मत गरेको छ । क्रसर उद्योगले भत्किएको सडक पनि कालोपत्रे गरिदिएको छ ।
स्थानीयले उद्योगले विच विचमा भत्केको सडक उद्योगले आफ्नै लगानीमा मर्मत गरेको बताएका छन् । बेदकोट नगरपालिका ९सुन्दरपुरका स्थानीय दिनेश साउदले भत्किएको सडक मर्मत भएपछि स्थानीयलाई आवत जावत गर्न सहज भएको बताए ।
उनका अनुसार कालोपत्रे गरिएको सडक ठाँउ ठाँउमा भत्किएर धुवा धुलो उडेर सर्वसाधारणलाई सास्ती खेप्नु परेको थियो, सडक मर्मत गरेसंगै आवतजावतका सहज भएको छ ।

साउदले सडक चौडाई समेत बनाउनुपर्ने सुझाव राखे । बेदकोट क्षेत्रका अगुवा युवा भीम भट्टले गाँउमा उद्योग भएपछि आर्थिक सम्बृद्धिका लागि पुर्वाधार विकासको नमुना यस्तै हुने बताए । ‘गाँउमा उद्योग छ, त्यहाँ रोजगारी पनि जोडिएको छ, ‘उनले भने, ‘भत्किएको सडक मर्मत भएपछि जनतालाई ठुलो राहत पुगेको छ ।’

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले उद्योगको सामाजिक दायित्व भएकाले झण्डै डेढ किलोमिटर क्षेत्रको उक्त सडकमा एक किलोमिटर कालोपत्रे नै मर्मत गरिदिएको बताए । उनका अनुसार उद्योगका तर्फबाट झण्डै १२लाख बजेट खर्च गरेर सडक मर्मत गरिएको छ । ‘सुन्दरपुर जोड्ने उक्त सडक भत्किएर हिडडुल गर्न समस्या भएको थियो, ‘उनले भने, ‘उद्योगले जनताको समस्या सम्झेर मर्मत गरिदिएको हो ।’ आगामी दिनमा समेत उद्योगले समाजिक क्षेत्रमा काम गर्ने उनले प्रतिबद्धता जनाए । कञ्चनपुरको बेदकोट नगर सुन्दरपुरमा क्र्सर उद्योग स्थापना भएसंगै भौतिक पुर्वाधारका लागि चाहिने कच्चा पदार्थको अभाव टरेको छ ।

प्रतिक्रिया दिनुस