कञ्चनपुर, असार ६
कञ्चनपुरकोे बेदकोट नगरपालिका २का स्थानीयले मापदण्ड अनुरुप सडक निर्माणको माग अघि सारेर नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
बेदकोट नगरपालिका १देखि ३सम्म निर्माण भईरहेकोे रिङ्गरोड गुणस्तहिन भईरहेको भन्दै नगरप्रमुख भोजराज बोहरालाई ज्ञापन पत्र बुझाएको हो । स्थानीय सुरेश चौधरीले सडक गुणस्तहिन भईरहेको तर, कुनैपनि सरकारी निकायबाट सडक अनुगमन नगरिएको भन्दै ज्ञापन पत्र बुझाएको बताए । उनले राज्यको लगानी खेर जान नदिनका लागि आफुहरुले ज्ञापन पत्र बुझाएको बताए । सुधार नभए आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस