कञ्चनपुर । अहिले प्रदेश र केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश र संघले आगामी आर्थिक बर्षका लागि काँग्रेस, एमालेले, मिलिजुली नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । तर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्ता साझेदार दल एमाले, काँग्रेसका जनप्रतिनिधी आगामी बजेटको विषयमा एक आपसमा वाद विवाद, छलफल होईन आरोप प्रत्यारोपमा उत्रिएका छन ।
१० असारका लागि भीमदत्त नगरपालिकाले ल्याउन लागेको नीति, कार्यक्रम तथा बजेटको विषयमा आइतबार आयोजित कार्यपालिका बैठकमा काँग्रेस, एमालेका जनप्रतिनिधीविच बैठकमै ततःममःसम्मै भएको छ ।
बैठकमा १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा र ११ का वडाध्यक्ष प्रकास थापाविच योजनाको विषयमा एक आपसमा आरोप प्रत्यारोप, चर्काचर्कीदेखि धाकधम्कीसम्म भए । कार्यपालिका बैठकबाट आफुलाई असुरक्षित भएको महसुस गर्दै बाहिरिएर वडा कार्यालयमा आफुमाथि भएको अभद्र व्यवहारकोे वडाध्यक्ष देवकोटाले भत्र्सना जाहेर गरेका छन ।
आईतबार साँझै वडा कार्यालयमा पत्रकार सम्मेलन गरेर वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले आफुलाई कार्यपालिका बैठक कार्यबिधी बैठक बिरुद्धमा आफुले वडाका योजनाको विषयमा आफुमाथि राजनैतिक प्रहार भएको बताए ।
बैठक कार्यबिधी संचालनअनुरुप मैले आफ्ना वडाका योजनाहरु समावेसको माग अघि सारेर बोल्दै थिए, म बोल्दाबोल्दै काँग्रेसबाट निर्वाचित भीनपा ११का वडाध्यक्ष प्रकास थापाले आफुलाई देखाईदिन्छु भन्दै धम्की दिएको बताए । खैरभट्टीदेखि निकुञ्ज जोड्ने सडक र शिव पार्वती टोल निम्बुखेडा गणेश नाथको घर जोड्ने सडकको योजना किन छुटाएको भनेर भन्दा बैठक कार्यबिधी बिरुद्ध वडाध्यक्ष प्रकास थापाले धम्काएको आरोप लगाए । ‘बैठकमै ममाथि वडाध्यक्ष प्रकास थापाले नगर प्रमुखदेखिका जनप्रतिनिधीकै सामु अपमान हुने गरेर बाहिर देखाईदिन्छु भन्दै धम्की दियो, ‘उनले भने, ‘नगर प्रमुख ज्यू पनि चुप लागेर बसे ।’
गतविगतमा बर्षहरुमा पनि आफुले मागे अनुरुप योजना नदिएपछि विकास निर्माण गर्न समस्या भएको उनको दुखेसो छ । ‘आफुलाई कार्यपालिका बैठकमा बाहिर देखाईदिन्छु, भनेर धाक धम्कीदिएपछि असुरक्षित भएको महसुस गरेर विचमै बाहिरिए, ‘उनले भने, ‘मेरो पाटीबाट निर्वाचित जनप्रतिनिधी पनि त्यही थिए,उनीहरुको मनमा पनि चिसो बसेको होला ।’ आफुमाथि कार्यपालिका बैठकमा भएको अपमान, दुव्र्यवहार घटनाको विषयमा मेयर जिम्मेबार बन्नुपर्ने भन्दै उनले नगरको बजेट अधिवेशन बहिस्कारको चेतावनी दिए ।
आफु धाकधम्कीले नडराउने मान्छे भएकाले यस्ता धम्की आफु र एमालेबाटनिर्वाचित जनप्रतिनिधीलाई नदिन आग्रह गरेका छन । यस बारेमा भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले उहाँ वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई नधम्क्याएको दावि गरेका छन ।
‘बैठक चलिरहेको थियो, उनले आफुनो वडामा केही भएन, भन्दै मेयर, उपमेयर धम्क्याउन थाले, आफुले भने अनुरुप बजेट हाल्नुपर्ने दवाव दिन थाले अनि मैले उठेर तपाई नै सर्वेसर्वा हो, सबै वडा सदस्य ज्यूहरुबाट बजेट सामुहिक माग आउनुप¥यो भने, तपाई विचमा प्याच्च नबोल्नुहो भन्यो, मैले उनलाई सभ्य,भव्य भएर बैठकमा बोल्नुहोस भनेकोे हुँ, यसलाई धम्क्याएर भन्ने कसरी ?’ बैठकमा एमालेबाट निर्वाचित उनकै दलका अन्य जनप्रतिनिधी थिए, उनलाई सोधे भईहाल्यो नि ।’
वडाध्यक्ष देवकोटाले आफुमाथि काँग्रेसले सत्ताको बलमा धम्की दिएको आरोपमा भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले कार्यपालिका बैठकमा चर्काचर्की भएका विषयलाई धम्कीदिएको भनेर प्रचारबाजी गर्नु अनुचित भएको बताए ।
‘काँग्रेसका जनप्रतिनिधीले उहाँलाई धम्की दियो कि दिएन भनेर एमालेबाटै अन्य वडाध्यक्ष ज्यूहरु त्यही थिए, सोधे भईहाल्यो नि, ‘उनले भने, ‘वडाध्यक्ष देवकोटाले उठाएर विषय मेयर सापले सम्बोधन गरिसकेका छन ।किन अझै होहाल्ला ।’ प्रदेश र संघमा सत्ता साझेदार दलकै जनप्रतिनिधीविच भीमदत्त नगरका भएको धाकधम्की यो रमितालाई अन्य दलहरुले सत्ता साझेदार दलकै स्थानीय जनप्रतिनिधी एक आपसमा जुध्नुबाटै सत्ता गठबन्धन खटपटको सकेत भनिरहेका छन ।