कञ्चनपुर, असार ८

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले शिक्षक बैंकको तयारी अघि बढाएको छ । चालु शैक्षिक सत्र ०८२देखि नगरपालिकाले शिक्षक बैंकको तयारी अघि बढाएको हो । कृष्णपुर नगरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालयमा शिक्षक रिक्त पदपूर्तिका लागि समयमै सम्बन्धीत जानकारी दिएर सुचना प्रवाह गर्दै आएको बताए । मेयर ओझाले स्थायी, अस्थायी, करा, संघीय शिक्षण सहयोग सबैको विवरण राखेर सार्वजनिक रुपमा सुचना प्रवाह गर्दै आएको बताए । ‘हामीले यसै शैक्षिक सत्रदेखि शिक्षक बैंकको तयारी गरेका छौँ, ‘उनले भने, ‘रिक्त रहेका शिक्षकलाई शिघ्र नियुक्त गरेर विद्यार्थीलाई समयमै पठन पाठनकोे वातावरण मिलोस ।

प्रतिक्रिया दिनुस