छोरीबुहारी उच्च शिक्षा अध्ययन नयाँ कार्यक्रम

कञ्चनपुर, १०असार

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै पहिलो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । मंगलबार १७औँ नगर सभाबाट आगामी बर्षका लागि १ अर्ब ९३ करोड, ८३ लाख, २३ हजार ३१९ बराबरको बजेट ल्याएको छ ।

पुँजिगत वित्तिय समानीकरण वडागत पुँजितर्फ १२करोड, ७लाख, विषयगत शाखा तर्फ२०लाख, नगरस्तरिय पुँजिगत योजना ५करोड, ८३लाख, ८६ हजार, ६८१, सवारी साधन मर्मत ५३लाख, ७३हजार, ३१९, पुजिगत तर्फ ५करोड, ६४लाख, सशर्त अनुदान खर्च ५४करोड ९०लाख, विशेष अनुदान खर्च २करोड ३८लाख, समाजिक सुरक्षा ५७करोड, सडक बोर्ड १करोड, शहरी विकास आयोजना २०लाख, गरेर १ अर्ब ९३ करोड, ८३ लाख, २३ हजार ३१९ बराबरको बजेट हो । आन्तरिक आयतर्फ २४करोड ९२लाख, ३६ हजार, ६८१, वडा कार्यावय चालु तर्फ ६६लाख, ५० हजार, विषयगत शाखा कार्यक्रम तर्फ २करोड २०लाख, नगर विकास कोष तर्फ १करोड, भारतीय दुताबास म्याचिङतर्फ २करोड, नगर स्तरीय पुँजिगत १करोड, २लाख, १३ हजार ३सय, सवारी साधन मर्मत ५४लाख, विभिन्न कोष तर्फ २करोड ६५ हजार विनियोजन गरिएको छ ।

नगरपालिकाले आउँदो आर्थिक बर्षदेखि महिलाकोे उच्च शिक्षालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आगामी बर्षदेखि छोरीबुहारी उच्च शिक्षा अध्ययन नयाँ कार्यक्रम ल्याएको छ ।

मंगलबार भीमदत्त नगरको नगर सभाबाट मेयर पदम बोगटीले आउँदो बर्ष उक्त नयाँ कार्यक्रम ल्याएको बताए । मेयर बोगटीले नगर सभाबाट पारित गर्दै कार्यबिधी बनाएर अघि बढ्ने बताए । ‘आर्थिक रुपमा विपन्न समुदायका छोरीबुहारीको उच्च शिक्षामा पहुँच बृद्धि गर्न नगरपालिकाले यो नयाँ कार्यक्रम ल्याएको हो, ‘मेयर बोगटीले भने, ‘यस कार्यक्रमबाट आर्थिक अभावमा उच्च शिक्षाबाट बञ्चित हुने महिला, छोरीबुहारी समावेस हुन्छन ।

प्रतिक्रिया दिनुस