विद्यालय नर्स कार्यक्रम, नगर प्रहरीदेखि आँखा, आयुर्वोद उपचार केन्द्र स्थापना गरिने
प्रदिप राना कञ्चनपुर, १०असार
कञ्चपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बेदकोट नगरपालिकाले मंगलबार १७औँ नगर सभाबाट आगामी आर्थिक बर्ष ०८२÷०८३का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । बेदकोट नगरका प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्षका लागि नयाँ बजेटसंगै नयाँ कार्यक्रम ल्याएको बताए । मेयर बोहराले आगामी आर्थिक बर्षका लागि ९८ करोड, ६५ लाख २१ हजार ९ सय ५६ रुपैया बराबरको बजेट ल्याएको छ । मेयर बोहराका अनुसार गत विगतका बर्षहरुमा संचालित नगर गौरबका योजनादेखि एक विद्यालय एक नर्स कार्यक्रमदेखि आँखा उपचार केन्द्र स्थापना गरिनेछ । कोल्ड स्टोर सञ्चालन गर्ने, अस्थाई करार ज्यालादारीमा लामो समय देखी कार्यरत कर्मचारी हरुलाई सामाजिक सुरक्षाकोषमा आवद्द गर्ने, नगरको शान्ति सुरक्षाका लागि नगर प्रहरीको व्यवस्थापन गर्ने, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रवन्ध गर्ने, दैजीमा आखाँ उपचार केन्द्र स्थापना गर्ने, दैनिक ज्यालादारीमा रहेका कर्मचारीहरुलाई मासिक ज्यालादारीमा रुपान्तरण गर्न आवश्यक प्रबन्ध गरिनेछन । नगर प्रमुख बोहराले नगरलाई पर्यटनमैत्री सहित सम्बृद्धि बनाईने बताए ।