काठमाडौं, मंसिर १२, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाललाई पुत्रशोक परेको छ । दाहालका चार वर्षे छोरा प्रज्वल दाहालको मुटुको अपरेसनको क्रममा त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा बहीबार विहान असायिक निधन हुन पुगेको छ । लामो समयदेखि मुटु रोगबाट पीडित बालक दाहालको चिकित्सकहरुको सल्लाह बमोजिम आइतबार मात्र मुटुको अपरेसन गरी भल्व फेरिएको थियो । अपरेशन गरी भल्व फेर्न चिकित्सकहरु सफल भए पनि अचानक प्रेसर कमी भई मृत्यु हुन पुगेको बताइएको छ ।

बालक दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ । श्रद्धाञ्जलीसहितको अन्त्यष्टीमा नेकपा (क्रान्तिकारी माओवादी)मा स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टीका पीवीएम दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेललगायत पार्टी तथा सम्बद्ध जबस मोर्चाका केन्द्रीय नेताहरु तथा विभिन्न विद्यार्थी संगठनका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्ष गजुरेलले पार्टी तथा मोर्चाको तर्फबाट श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै संगठनका महासचिव दाहाल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका थिए । उपस्थित सबैले अखिल (क्रान्तिकारी)का महासचिव दाहाल लगायत शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत प्रज्वल दाहालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । मुलबाटो बाट

प्रतिक्रिया दिनुस