निःशुल्क बिरुवा वितरण शुरु

सुनिल राना,    कञ्चनपुर असार २३

विगतका बर्षहरु जस्तै यस बर्षपनि कञ्चनपुरमा उपभोक्ताहरुलाई निःशुल्क बिरुवा वितरण शुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सोमबारदेखि निःशुल्क बिरुवा वितरण शुरु गरिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ वन अधिकृत रामविचारी ठाकुरले बृक्षारोपण गर्दै पर्यावरण सरक्षणका लागि बिरुवा वितरण शुरु गरिएको बताए । उनका अनुसार डिभिजन वन सहित अन्य सव डिभिजन वन कार्यालयबाट सागमान, कल्की, मसला। टाकी, अमला, सितलचिनी, बकाईनो, पारिजात, चिउरी, हर्रो लगायतका विभिन्न प्रजातिका बिरुवा वितरण भईरहेका छन । वनले हरेक बर्ष लाखौँ बिरुवा निःशुल्क वितरण गर्ने, तर लग्ने सरक्षण नगर्ने प्रवृतिलाई निरुत्साहित गरेकोे छ । बरिष्ठ वन अधिकृत ठाकुरले बिरुवा लैजानेहरुलाई दिगोपना सहित परामर्स गरिरहेको बताए । यस बर्ष जिल्लाभरी झण्डै ३लाख ७० हजार हाराहारी बिरुवा वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुस