लाल बहादुर एसके, असार २४
कञ्चनपुरको पुनर्वास नगरपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८१मा पनि सुन्य नतिजा ल्याउने विद्यालय मुक्त भएको छैन । ०८०मा पनि एक सरकारी लगानीको विद्यालय निल भएको थियो । ०८१मा दुई सरकारी विद्यालय निल भएका छन ।
पुनर्वास नगरपालिकाले सार्वजनिक गरेकोे तथ्याङ्क अनुसार सरकारी निजी गरेर २६ विद्यालयका ८सय ८२ विद्यार्थी मध्ये ४सय १८ उर्तिण र ४सय ६४ अनुत्तिर्ण भएका छन । पुनर्वास नगरका विद्यालयले ४७.३९प्रतिशत नतिजा ल्याएका हुन । विडम्बना सरकारी लगानीका भएका विद्यालय निरन्तर निल हुने क्रम रोकिनुको साटो झन बृृद्धि भईरहेको ०८०मो बालबागेश्वरी मावि निल भएको थियो । ०८१मा उक्त विद्यालयका १८ विद्यार्थी मध्ये १ मात्रै उर्तिण भएका छन । दोस्रो शैक्षिकसत्रमा निल हुन लागेको विद्यालय १विद्यार्थी उर्तिण भएपछि निलबाट जोगिएको छ ।
अशुबर्माको शान्ति मावि र पुरैनाकोे रामबुद्ध मावि निल भएको छ । शान्ति आविका १७ र रामबुद्ध माविका ११ विद्यार्थी पुरै फेल भएका हुन । सरकारी विद्यालय निल हुनेक्रम जारी रहेपछि निजी लगानीमा संचालनमा रहेको नवयुग विद्या निकेतनले सत प्रतिशत नतिजा ल्याएको छ । सुन्य नतिजा ल्याएका सरकारी दुई विद्यालयकै वडा पुनर्वास १कै नवयुगका १३ पुरै विद्यार्थी उर्तिण भएका छन ।
पुर्नवासमा सरकारी भन्दा निजीमै विद्यार्थी बढि उर्तिण भएका छन । सरकारी तर्फ सरस्वती माविका १सय १६मा ४१, जनकल्याण मावि २८मा २१, दुर्गा माविका २८मा १५, गौरीशंकर मावि १५मा ११, शैंरीशरकर मावि भानुबस्ती(साधारण धार) ३८मा १३, पुर्नवास जनता मावि ६६मा ५१, जिवनज्योती मावि २७मा ६, बालबागेश्वर मावि १८मा १, बागेश्वरी मावि ७८मा १३, राष्ट्रिय मावि ३१मा ४, बिजय मावि ७८मा ३५विद्यार्थी उर्तिण भएका छन ।
निजी तर्फ ब्रिलेन्टका १५मा ११, एजी बोडिङ्ग स्कुल ११मा १०, दुर्गाका २३मा १८, एसपिएलमा ३४मा १६, सिद्धनाथ विद्या निकेतन ९मा ८, ओरेन्टका ३५मा २०, युगज्योतीका ३०मा १६, सिद्धार्थका २९मा २४, भानु मेमोरियलका २१मा १६, बाल रुपान्तरका ४मा ३, खप्तड ईलिसका ३२मा ३१ विद्यार्थी उर्तिण भएका छन । पुनर्वास नगरपालिका स्थानीय सरकार प्रमुख तोय प्रशाद शर्मा पुर्व शिक्षक हुन, उनी नेतृत्वको स्थानीय तहमा रहेका सरकारी विद्यालय निरन्तर निलमा जादैछन । पुर्व शिक्षक समेत रहेको पुनर्वास नगरका मेयर तोय प्रशाद शर्माले नेतृत्व गरेको स्थानीय सरकारका विद्यालय लगातार सुन्य नतिजा ल्याईरहेका छन । मेयर तोय प्रशाद शर्माले सुन्य नतिजा आएका विद्यालयमाथि कडाई गरिने बताउँदै आगामी दिनमा थप सुरधारका लागि योजना अघि सारिने बताए । मेयर शर्मासंग तपाई आफै विगतमा पुर्व शिक्षक अहिले नगरकै नेतृत्वमा हुँदा सरकारी विद्यालयले सुन्य नतिजादेखि अत्यन्तै नाजुक हुँदा आत्मग्लानी हुँदैन ? भन्ने प्रशनमा हुन्छ, तर सामुदायिक विद्यालयको नतिजा गुणस्तर सुधारका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । पुनर्वासमा सरकारी विद्यालयको नतिजा नाजुक आएपछि अभिभावक हैरान भएका छन । अभिभावकले राज्यको लगानी खेरदेखि विद्यार्थी, विद्यार्थीमाथि अन्याय हुँदा समेत सरोकारवाला नयाँ योजना ल्याउनुकोे साटो मौन रहेको भन्दै दुखेसो पोखेका छन ।