कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएका छन । युवा उद्यमी तेज बहादुर चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएका हुन ।
कञ्चनपुर महेन्द्रनगर घर भएका उद्यमी चन्द केन्द्रीय सरकारको ंउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तरगत औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएको जनाईएको छ ।सम्भवत यो ईतिहासमै पहिलो पटक औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्य सुदूरपश्चिमले पाएको कतिपय उद्योगी, व्यवसायीको बताएका छन । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक एव कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य चन्दलाई देशकै औद्योगिक तथा लगानी प्रर्बद्धन बोडको जिम्मेबारी पाएको छ ।
युवा उद्यमी चन्दले सुदूर मात्रैै नभई देशकै औद्योगिक बृद्धि विकासका लागि भूमिका निर्वाह गर्न सक्ने दखत राख्ने क्षमतावान उद्यमी भएकाले उनलाई जिम्मेबारी दिएको मन्त्रालयले जनाएको छ । आफ्नै मातृभूमि सुदूरपश्चिममा केही औद्योगिक बृद्धि विकासका लागि राजधानी काठमाण्डौँ छाडेर केही बर्ष अघि कञ्चनपुर आएका युवा उद्यमी चन्दले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
आफुलाई दिएको जिम्मेबारी अनुरुप देशकोे औद्योगिक बृद्धि विकास गरेर स्वदेशमै रोजगारीका अवसर सृजनादेखि आर्थिक सम्बृद्धिका कार्यक्रम संचालन गर्ने युवा उद्यमी चन्दको संकल्प छ ।