२०८२ असार २६, बिहीबार २०:४१
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन प्रा. डा.मुकुन्द कलौनीको राना थारु लोक जीवन पुस्तकको विमोचन गरिएको छ ।
विश्वविद्याल केन्द्रीय कार्यालयको सभा कक्षमा बिहीबार कार्यक्रम गरी पुस्तक विमोचन गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले पुस्तक विमोचन गरे ।
उपकुलपति पन्तको प्रमुख आतिथ्यमा गरिएको विमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी विशिष्ठ अतिथि थिए । कार्यक्रमको अध्यक्षतामा पुस्तकका लेखक कलौनीले गरे ।
कार्यक्रममा कलौनीले पुस्तक विमोचन कार्यक्रमको औचित्यबारे प्रष्ट पारे । उनलेराना थारु समुदाय कञ्चनपुरको भूमिपुत्र भएकाले आफूले अध्ययन गरी पुस्तकका रुपमा प्रकाशित गर्न लागिएको बताए ।
कार्यक्रममा प्रा.डा. हरिशचन्द्र भट्ट, डा. किसन भट्ट, बासमति राना र राजकुमार रानाले पुस्तक सम्बन्धि समीक्षात्मक टिप्पणी राखे ।
६ अध्याय भएको पुस्तक नेपाल संवाद केन्द्रले प्रकाशन गरेको हो । प्रा.डा. कलौनीले पुस्तक प्रकाशनमा विश्वविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताए ।
‘अत्यन्तै सहयोगात्मक भूमिका निर्वाह गरेकोमा म संस्थाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु’ उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति आयोगका सदस्य डा. हिरा चन्द, महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशी लगायतका विभिन्न क्षेत्रका सहभागी थिए ।
विश्वविद्यालयका उप प्राध्यापक डा. दिपक चन्द्रले कार्यक्रम सञ्चालन गरेका थिए ।