डिल्लीराज पन्त, असार २७
कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी नवराज भट्ट चयन भएका छन ।
भीमदत्त नगरपालिका ४महेन्द्रनगरको बैजनाथ मावि शिक्षक अभिभावक संघ(पिटिए)को अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी भट्ट चयन भएका हुन ।
शुक्रबार अभिभावक भेलाबाट (पिटिए)को अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ । सदस्यमा कमल नेपाली, भुवनेश्वर चटौत, लोकेन्द्र सिह बोहरा, मनिराम भट्ट, पुजा उपाध्याय, चुडामणी भट्ट, पुष्पा पन्त(भट्ट) रहेका छन ।
अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य पनि चयन गरेको छ । सन्तोष नेपाली, कमला पन्त, गणेश सिह खत्री, अनिता खत्री रहेका छन । बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका नवराज भट्टले विद्यालयको बृद्धि विकासका लागि भुमिका निर्वाह गर्ने प्रतिज्ञा गरेका छन । भेलामा भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्ट, भीमदत्त शिक्षा, युवा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी सहितका सरोकारवाला सहभागि थिए ।