दोधारा चाँदनी – कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको चार लेन पुलमा शुक्रबार बिहान टिप्पर र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

बा.प्र.०३००१क ०५३२ नम्बरको टिप्परले सु.प.प्र.०२–००४ प ४४६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा स्कुटी चालक बेतकोट नगरपालिका निवासी ३२ वर्षीय मंगल बहादुर चन्दको दायाँ खुट्टा भाँचिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, स्कुटीमा सवार दोधारा चाँदनी नगरपालिका–४ का अन्दाजी ३० वर्षीय लोक बहादुर सिंहसमेत घाइते भएका छन्। दुवै जनाको उपचार महाकाली प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिप्पर चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुस