कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ । प्रशासन कार्यालय कञ्चनपुरले सोमबार जिल्लाका ९वटै पालिका सरकारलाई पत्राचार गर्दै आ–आफ्नो तहमा रहेका छाउगोठ भत्काउन अनुरोध गरेको हो ।

मिन्स भएर छाउ बार्न छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका १निगालीकी २८ बर्षिया कमला आउजीको विशालु सर्पले टोलेर मृत्यु भएपछि प्रशासनले महिला सुरक्षाका लागि पालिकालाई अभियान संचालन गर्न पत्राचार गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कुरुती अन्त्यका लागि कृष्णपुर नगर सहित दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी, लालझाडी गाँउपालिकालाई पत्राचार गरेको बताए ।

‘बषौँदेखि समाजमा व्यप्त कुरुतीले मानिसको अकालमै ज्यान जान थाल्यो, ‘प्रजिअ ढकालले भने, ‘बषौँ अघि सरकारले गरेको कुरुती अन्त्य, समाजबाट उन्मुलनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रजिअ ढकालले आ–आफ्नो पालिकामा रहेका छाउगोठ भत्काउनुका साथै नागरिकको मानसिकतामा सकारात्मक सचेतनाका कार्यक्रम संचालन गर्न समेत जोडदिएका छन । प्रजिअ ढकाल जिल्ला स्थित सुरक्षा अधिकारी, कृष्णपुर नगरका मेयर हेमराज ओझा सहितका जनप्रतिनिधीले सोमबार स्व. कमला दमाई परिवारसंग भेटघाट गरेका छन ।

घटना स्थलको स्थलगत अनुगमन गर्दै प्रजिअ ढकालले अब उपरान्त कुनैपनि महिलाले कमलाको जस्तै ज्यान गुमाउने वातावरण अन्त्य गरिने उद्घोषण गरेका छन । गुजारा चलाउन श्रीमानसंगै भारतको केरालामा रहेकी निगालीकी कमला गत बैशाखमा तीन सन्तान पढाउन स्वदेश आएकी थिईन ।

श्रीमान पुरन दमाईसंगै रहेकी कमला दुवै जनाले पक्की घर बनाएपनि कमला छाउबार्नका लागि कच्ची छाउगोडमा सुतेपछि विशालु सर्प काल बनेर आएको थियो । कमलाको शव अहिले पनि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । श्रीमान पुरन सहित घर परिवार आफन्त भारतबाट आएपछि मात्रै अन्त्येष्टी गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुस