काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले गल्ती गरेको होइन भन्ने आँटसमेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताए। बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुस