कञ्चनपुर। जंगली च्याउ खाएर कञ्चनपुरको दोधाराचाँदनी नगरका एकै घरमा पाँच जना बिरामी भएका छन । सोमबार भारतीय नङग्रा जंगलबाट ल्याएको विषालु च्याउकोे तरकारी खाएर दोधाराचाँदनी नगरपालिका ६कालागड टोलका कालु सुनारका घरका पाँच जना बिरामी भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर सुनारले जंगली विशालु च्याउ तरकारीका रुपमा खाएर कालु सुनार सहित सुनारके नातिनीद्वय ८ बर्षिया मन्सु सुनार, १८ बर्षिया निशा सुनार, नातीद्वय १६ बर्षिया भीम सुनार अर्का नाति १२ बर्षिया बसन्त सुनार बिरामी भएकी हुन । पाँचै जना बिरामीको दोधाराचाँदनी नगर अस्पतालमा उपचार भईरहेको छ । कञ्चनपुर प्रहरीले जथाभावि जंगली च्याउ उपभोग नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुस