आरक्षपीडितको पुर्नस्थापनाका लागि बेदकोट १० वडा कार्यालय पहल गर्दै

धर्मा रोकाया

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका १० नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका आरक्षपीडितको पुर्नस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ । बुधबार वडामा रहेका आरक्षपीडितसंग पुर्नस्थापनाका विषयमा छलफल गर्दै वडाध्यक्ष रतन सिह विष्टले बषौँदेखि विद्यमान आरक्षपीडितको समस्यामा आफु जानकार रहेको र पुर्नस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

वडाध्यक्ष विष्टले अन्तिम पटक ०५८ साल अघिदेखिका समस्या समाधान गर्न तीनै तहका जनप्रतिनिधी सरकारसंग पहल गर्ने बताए । ‘मैले आरक्षपीडितको पुर्नस्थापनाका लागि आवश्यक सबै सहयोग गर्छु, ‘वडाध्यक्ष विष्टले भने, ‘यसका लागि तीनै तहका सरकार, जनप्रतिनिधी एव सरोकारवाला जिम्मेबार बन्नुपर्छ ।’ कार्यक्रममा आरक्षपीडित संघर्ष समिति प्रदेशका अध्यक्ष जय बहादुर रोकाया, आरक्षपीडित अगुवा सिरोमणी कुमार ओझा(सुर्य) सहितका पीडितले आरक्षपीडितको न्यायिक पुर्नस्थापनामा अनावश्यक राजनीति गर्न नहुने जोडदिएका छन ।

प्रतिक्रिया दिनुस