सञ्जय महर
सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका छन । प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका हुन । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य हुनुपनेृ बताएका छन ।
कृष्णपुर नगरका मेयर हेमराज ओझाले छाउबार्नका लागि गोठमा बसेकी निगालीकी २८ बर्षिया कमला आउजीदमाईको निधनसंगै सबै वडाहरुमा रहेका छाउगोठ भत्काउनुका साथै सचेतना कार्यक्रम संचालन गरिने बताए । मेयर ओझाले काउजी परिवारलाई नगरपालिकाबाट राहत पनि दिने बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छाउपढी प्रथा गैर कानुनी भएकाले कानुन कार्यान्वयनमा जोडदिए । प्रजिअ ढकालले प्रशासनबाट जिल्लाका ९वटै पालिकालाई छाउगोठ भत्काउन निर्देशन दिएको बताए ।
कार्यक्रममा कृष्णपुर नगरका वडाध्यक्ष एव जनप्रतिनिधीले आ–आफ्नो वडामा रहेका छाउगोठ भत्काउनुका साथै सचेतनामुलक कार्यक्रम संचालनमा जोडदिएका छन । सुदुरपश्चिम प्रदेश सभा सदस्य एव पुर्वमन्त्री लक्ष्मी विकले विद्यमान छाउपढी प्रथा अन्त्यमा जोडदिदै प्रदेश सभाबाट समेत आवश्यक पहल गर्ने बताईन ।
समाजिक विकास समितिका सभापति धर्मराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको थिए ।