कञ्चनपुर । एनएमबी बैंक महेन्द्रनगर शाखाले कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई शुद्ध पिउने पानीका लागि ६ थान वाटर फिल्टर हस्तान्तरण गरेको छ । कर्पाेरेशन सामाजिक उत्तरदायित्व(सिएसआर) कार्यक्रम अन्र्तगत एनएमबी बैंक महेन्द्रनगर शाखाले कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर सहयोग गरेको हो ।

बैंकका सिनियर एरिया मेनेजर सुशिल बहादुर सिं, शाखा प्रबन्धक खेमराज उपाध्याय र व्यवसाय विकास अधिकृत(बिडिएम) अन्जु भट्ट सहितले एक समारोहका विच वाटर फिल्टर हस्तान्तरण गरेको व्यवसाय विकास अधिकृत(बिडिएम) अन्जु भट्टले जानकारी गराएका हुन ।

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डा. राजकुमार साउदले एनएमबि बैंकले शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनुका साथै विद्यार्थीहरुलाई शुद्ध पानीले स्वास्थ्यमा समेत सहयोग बताए ।

प्रतिक्रिया दिनुस