काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।

उनीबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । कोइराला प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए । स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् ।

‘अहिलेका पछिल्ला सबै घटनाक्रमबारे विस्तृत कुराकानी भएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डबारे त कुरा नहुने कुरै भएन ।’

प्रतिक्रिया दिनुस