काठमाडौं ,मंसिर १६ ,नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल, अखिल (क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको संयुक्त आयोजनामा भएको विरोध ¥याली र सभामा हजारौको संख्यामा क्रान्तिकारीहरु भारतीय विस्तारवादीको सिमा हस्तक्षेपका विरुद्ध सडकमा उत्रीएका छन् ।

क्रान्तिकारीहरुको यो विरोध प्रदर्शनलाई सीमा बचाउ अभियानका अभियन्ता तथा अग्रज पत्रकार भैरव रिसाल समेत ऐक्यबद्धता जनाउन कार्यक्रममा उपस्थित भई विरोधसभालाई सम्बोधन गरेका छन् ।

विरोधसभा सुरु हुनुअघि क्रान्तिकारीहरुको विरोध र्याली शान्तिबाटिकाबाट सुरु भई पुलतलीसडक, पद्मोदय मोड, भृकुटीमण्डप, भद्रकाली, सुन्धरा, सहिद गेट, एनएसी, वीरअस्पताल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत भएको थियो । र्यालीमा भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक, कालापानी, लिम्पयाधुरा हाम्रो हो, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, भारतीय सेना कालापानी छोड, सम्पुर्ण देशभक्त नेपाली एक होओे लगायतका नाराहरु लगाइएका थिए ।

विरोध सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, सीमा बचाउ अभियानका अभियन्ता तथा बरिष्ठ पत्रकार भैरव रिसाल, क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जन, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना लगायतका नेताहरुले सम्बोधन गरे ।

विद्यार्थी नेतृ शिलु न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता युवा नेता केशव ढलकोटीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मजदुर नेता अर्जुनलाल श्रेष्ठले गरेका थिए । कार्यक्रमा सामना सांस्कृतिक परिवारले पनि गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य राजवीर, पीवीएमहरू सागर, प्रभाकिरण, प्रवेश लगायत सिसिएमहरुको समेत उपस्थिति तथा सहभागिता रहेको विरोध ¥याली तथा सभामा हजारौंको संख्यामा युवा, विद्यार्थी तथा मजदुरहरुको उपस्थिति तथा सहभागिता रहेको थियो । मुल बाटो बाट

प्रतिक्रिया दिनुस