कञ्चनपुर, साउन ४   नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुर इन्चार्ज एव केन्द्रीय सदस्य बिरेन्द्र नाथको जिम्मेबारी खोजिएको छ । अखिल क्रान्तिकारीले इन्चार्ज नाथको जिम्मेबारी खोसिएको जनाएको छ । शुक्रबार नाथले आफैले संगठन परित्याग गरेको दुई दिनपछि आइतबार क्रान्तिकारीले नाथको जिम्मेबारी खोजेको जनाएको छ ।

हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० बिगत लामो समय देखि विकृति ,बिसंगती,अराजकता तथा भ्रष्टाचार विरुद्ध निरन्तर संघर्षरत रहेको कुरा आम जनसमुदायहरुमा सर्बबितितै छ ।

यसै गरि हाम्रो पार्टीको कंचनपुर जिल्ला कमिटी सदस्य तथा विद्यार्थी संगठनको केन्द्रिय सदस्य बिरेन्द्र नाथ बिगत लामो समय देखि पार्टी र संगठनको सम्पर्कबिहिन भुमिका मा रहेको कुरा पार्टी र संगठनका कमरेडहरुलाई जगजाहेर नै छ । यहि शिलशिलामा गत असार महिना मा निज बिरेन्द्र नाथ पार्टी संगठन को सम्पर्क बिना काठमान्डौ गएको र काठमाडौं मा राती जाँडरक्सी सेवन गरि ट्राफिक प्रहरी संग झगडा गरेर जेल हिरासत भित्र परेको सुचना संगठनले थाहा पाएपछि संगठन बाट साधारण सदस्य समेत नरहने गरि कार्बाही गरेको थियोे । पटकपटक अराजक गतिविधि गर्ने,अनुशासनहीन गतिविधि दोहोर्‍याउने,आत्मा आलोचना नगर्ने,पार्टी संगठन को हीत बिपरित कार्यमा सकृय रहने,विद्यार्थी संगठन जस्तो पबित्र संगठन मा रहेर ट्यापे,मुन्द्रे,जगुल्टे र फटाहाहरुको संगत गर्ने भएकोले निज बिरेन्द्र नाथ लाई पार्टी संगठन को कुनै पनि भुमिकामा नरहेने गरि कार्बाही गरिएको थियो । उक्त कार्बाही पश्चात सामाजिक संजाल मा भ्रम छर्ने गरी अनावश्यक स्टाटस लेख्दै आएकोले क्रान्ति आन्दोलन प्रती प्रतिबद्ध विद्यार्थी भाइबहिनीहरु,शिक्षक,बुद्धिजीवी बर्ग लगायत आम जनसमुदायहरुमा भ्रममा नपर्न हुन र निज बिरेन्द्र नाथलाई पार्टी संगठनका नेतृत्वहरु प्रति कपोकल्पित आरोप लगाए भौतिक कार्बाही गर्न बाध्य हुने चेतावनी समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गरिन्छ ।

प्रतिक्रिया दिनुस