महेन्द्रनगर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दोधारा चाँदनीमा नगर कार्यसमिति पुनर्गठन गरेको छ। बुधबार तरुण दलले बिशेष अधिवेशन कार्यक्रम आयोजना गर्दै सन्दीप काजी बस्नेतको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो।

नेपाल तरुण दल कञ्चनपुर जिल्ला सभापति महेश चन्दको प्रमुख आतिथ्यमा बस्नेतलाई सर्वसम्मत नगर सभापति चयन गरिएको हो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति बिच बस्नेतको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति पुनर्गठन गरिएको नेपाली कांग्रेस नगर सह सचीव रमेश भण्डारीले बताए ।

नवगठित कार्यसमितिलाई बधाई दिँदै तरुण दल कंचनपुरका सभापति चन्दले पार्टी र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एक ढिक्का भएर अघि बढ्न आग्रह गरे। “समय परे पार्टीको रक्षाका लागि मैदानमा ओर्लिनुपर्ने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको छ,” उनले भने।

नव गठित नगर सभापति बस्नेतले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले संगठनलाई गाउँ–गाउँमा विस्तार गर्ने, युवालाई सक्रिय बनाउने र स्थानीय समस्याहरूमा तरुण दलको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, युवाहरु, भातृ संघसंगठनका युवा प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय युवामाझ राजनीतिक जागरण र संगठन निर्माणप्रतिको उत्साह थप बढाएको छ।

नेपाल तरुण दल दोधारा चाँदनीको नव गठित नगर कार्यसमितिको सभापतिमा सन्दीप बस्नेत, सचिवमा देवन्द्र सिंह भण्डारी, सह-सचिवमा सुदिप सुनार र लक्ष्मी भट्ट, कोषाध्यक्षमा निर्मला सुनार चयन भएका छन ।

त्यस्तै सदस्यहरूमा गौरव सिंह साउँद, दिपक दमाई, शिवा रावत, हेमा धामी, राजेन्द्र चन्द, हरी गिरी,  दिपक थापा र राजेश पुजारा रहेका छन ।

नयाँ कार्यसमितिसँगै नेपाल तरुण दल दोधारा चाँदनीले संगठनात्मक गतिविधिमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुस