कञ्चनपुर
कञ्चनपुर महेन्द्रनगर स्थित सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु(को निर्वाचन अन्यौलतातर्फ धकेलिएको छ । स्वतन्त्र सहितका विद्यार्थी संघ संगठनहरुले विभिन्न एजेण्डा अघि सार्दै आएका छन । उम्मेदवारी दर्ताकै दिन अनेकन वाद विवाद उत्पन्न हुन थालेपछि चुनाव हुनेमा शंका उब्जिन थालेको छ ।
सुप विश्वविद्यालय स्थापनादेखि हालसम्म चुनाव भएको छैन । यस अघि पनि पटक पटक चुनावको मिति तोकेकी अनि अनेकन विवादले चुनाव स्थगित हुँदै आएको अवस्था अहिले १४ साउनमा पनि हुने देखिएको छ ।
पहिलो चुनावी कार्यतालिका अनुरुप उम्मेदवारी दर्ताकै दिन ६ साउनमा तालाबन्दी गरेको सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले ताला खोलेको छ । तर चुनाव भने निर्वाचित समयमै हुने नहुने वारे अन्यौता नै छाएको छ । तीन दिन तालाबन्दीका कारण निर्वाचन कार्यतालिका नै प्रभावित चुनाव फेरी अन्यौलतातर्फ धकेलिएको छ ।
शुक्रबार ९साउनमा निर्वाचन कार्यतालिका संशोधित गरेर बिहान १०बजेदेखि दिउँसो ३ बजेसम्मका लागि उम्मेदवारी दर्ताकोे कार्यतालिका तोकिएको थियो । कार्यतालिका अनुरुप पहिलो नम्बरमा अखिल क्रान्तिकारी उम्मेदवारी दर्ता गर्न गएको थियो । अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ताका लागि निवेदन दिए लगत्तै अनेरास्ववियु लगायत स्वतन्त्र विद्यार्थी संगठनले मनोनय दर्ताका लागि केही समय माग गरेपछि स्थगित भएको थियो । अखिल क्रान्तिकारीका नेता भीम भट्टले आफुहरुले उम्मेदवारी दर्ताका लागि निवेदन दर्ता गराएको बताए । ‘हामीले निर्धारित समय अनुरुप उम्मेदवारी दर्ताका लागि निवेदन दिईसकेका छौँ, ‘उनले भने, ‘त्यसपछि निर्वाचन समितिले विद्यार्थी संगठनले समय मागेको भन्दै स्थगित गराईदियो ।’ स्वतन्त्र विद्यार्थी समुहका पुष्कर राज पन्तले विद्यार्थीका माग सम्बोधन नगर्दै ताला तोकिएदेखि पेट्रोल छर्किनेमाथि कार्बाहीको माग अघि सारे । सत्ताधारी एमाले निकट अनेरास्ववियु सुप प्रदेशका सचिव कमल रोकायाले ६ साउनमा क्याम्पस हाताभित्र पेट्रोल लिएर विद्यार्थीमाथि आक्र्मण गर्न खोज्नेमाथि कार्बाही र अनि राजिनामा दिएर किन काममा आएको भन्दै निर्वाचन समितिसंग प्रशन राखेपछि उम्मेदवारी दर्ता प्रकृया फेरी रोकिएको हो ।
बिहीबार जिल्लाका राजनीतिक दलहरुसंग विश्वविद्यालयले गरेको सर्वदलिय बैठकले १४साउनमै चुनाव गर्ने सहमती जनाएपछि क्याम्पसले निर्वाचन कार्यतालिका संशोधन गरेको थियो । बिहीबारै निर्वाचन गराउन वातावरण नभएको भन्दै निर्वाचन समितिका संयोजक एव सदस्यहरुले राजिनामा दिएका छन । उद्यपी राजिनामा स्वीकृत भएको छैन ।
विश्वविद्यालय स्थापना भएको १६ बर्षमा प्रवेस गर्दा हालसम्म चुनावको मिति घोषणा हुने अनेकन वाद विवादले चुनाव नहुने अवस्थाबाट गुज्रीएकाले अहिले ताला खुलेपनि अन्यौता भने कायमै छ । यस पटक तीन स्वतन्त्र सहित १० विद्यार्थी संघ संगठनले चुनावमा सहभागिताका लागि संगठन दर्ता गराएका थिए ।
नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउदले नेवि संघ जिल्ला अध्यक्ष नरेश पण्डितमाथि कुटपिट घटनाको छानबिन, उपचार खर्च, नेवि संघका विद्यार्थीमाथि पेट्रोल छर्किएर आक्र्रामण गर्न खोजेको घटनाको छानबिनदेखि विद्यार्थीका हकहितका विषयमा विश्वविद्यालय सहमत भएपछि ताला बताए ।
‘विश्वविद्यालयले नेवि संघले उठान गरेका माग सम्बोधन गर्ने मौखिक सहमती पछि ताला खोलेका छौँ, ‘उनले भने, ‘हाम्रो चाहना तालाबन्दी गरेर चुनाव भाँडने होईन चुनाव गराएर विद्यार्थीको प्रतिनिधी सिनेटमा पठाएर विद्यार्थीका समस्या सम्बोधन गर्न वातावरण सृजना होस ।’
चुनाव नहुँदा झण्डै साढे तीन हजार बढी विद्यार्थीलाई आफ्ना नेता छान्ने सपना पुरा हुन नसेको छैन । चुनावका लागि विद्यार्थी संघ संगठनदेखि विश्वविद्यालय ईमान्दारदेखि जिम्मेबार बन्नुपर्नेमा आवाज उठिरहेको छ । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसले सहज वातावरण निर्माण भएसंगै चुनावका लागि तयारी भईरहेको जनाएको छ । सुपवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्दले सर्वदलिय पक्षबाट चुनाव गर्ने सहमती भएको तर, निर्वाचनका दिन फेरी पेट्रोल छर्किनेमाथि कार्बाही र निर्वाचन समितिले दिएको राजिनामाको विषय अघि सारेपछि उम्मेदवारी दर्ता गर्ने वातारण नबनेको बताए । ‘निर्वाचन समितिका पदाधिकारी र सदस्यले दिएको राजिनामा स्वीकृत भएन, ‘उनले भने, ‘उनीहरुलाई नै राखेर पुन प्रकृयामा जान पहल गराउँछौँ ।’ पटकपटक मिति तोकिएर चुनाव स्थगित भएपछि विश्वविद्यालयको क्षमतामाथि नै अभिभावकले प्रशन राख्न थालेका छन ।