कञ्चनपुर,
सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरले अबैध भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरिक्षक जनक राज उपाध्यायको नेतृत्वमा खटियको सात जनाको माबाईल प्रहरी टोलीले १ लाख ७३ हजार ५ सय १० मुल्य बराबरको अबैध सामान बरामद गरेको हो । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. एघार भन्सार रोडबाट उक्त सामान बरामद गरिएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनु भयो । नेपालको सिमा नाकामा ल्याई बेवारिसे अवस्थामा छोडेको किराना ,हार्डवयर ,तरकारी र मोबाईलका सामानहरु पक्राउ गरेको हो । बरामद गरिएको सामान भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको समेत उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुस