कञ्चनपुर,
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी सस्थाली का अध्यक्ष डम्बर दत्त भट्ट को सभापतित्व एवं राष्ट्रिय सहकारी बैंक प्रदेश प्रमुख दिनेश गेलालको प्रमुख आतिथ्यमा बार्षिक समीक्षा तथा योजन गोष्टि सप्पन्न गरेको छ !
आर्थिक वर्ष २०८१/०८२ को बार्षिक लक्ष्य एवं प्रगतिको समीक्षा गर्दै चालु आ ब २०८२/०८३ को नयाँ लक्ष्य निर्धारण गर्नुका साथ साथै लक्ष्य प्राप्तिका लागि आबश्यक नीति र कार्यक्रम सहितको योजना निर्माण गरेको छ !
उत्कृष्ट बित्तीय सेवा सहितको सहकारी भन्ने मुख्री ध्येय रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारिले सहकारी शिक्षा तथा बित्तिय साक्षरता कार्यक्रम , सीप मुलक तथा उधमशिलता तालिम , सदस्यहरु सङ्ग सम्बन्ध बिस्तार, योग एवं आयुर्वेद को प्रचार , बालबलिका र महिला सहभागीतामा सास्कृतिक प्रवर्द्धन गर्ने कुरा सस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताउनु भयो !
कार्यक्रमका बिशिस्ट अतिथी भिमदत्त वडा न १७ अध्यक्ष पदम बुढाले निङ्गलाशैनी सहकारीले छोटो समयमा गरेको उपलब्धिका कारण आफू हर्सित भएको र चालु आ ब मा वडा कार्यालयले सहकारी संग सहकार्यगर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो !
सस्थाका पुर्व अध्यक्ष दिपक प्रसाद जोशिले सहकारिको कार्य प्रगतिको सराहनागर्दै सस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिका र चाल्नु पर्ने उचित कदमका बारेमा सबिस्तार बताउनु हुँदै संचालक समिती र उप समितिको अझ बढी कृयाशिलतामा प्रकाश पार्नु भएको थियो !
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारिका सन्चालक , उप समिती , शाखा समन्वय समिती र कर्मचारी गरि ७५ जना बढिको सहभागीता रहेको थियो !
समिक्षा गोष्ठीमा सदस्य हरुको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता भएको हुदा सहकारिले बीउ श्रोत केन्द्रको सन्चालन , स्कुल अफ कोअपरेटिभ , कष्टम हायरिङ्ग सेन्टर लाई अझ बढी ब्यबस्थित गर्नु पर्ने भएको ले अन्य सहकारी भगेनी सम्बन्ध स्थापना गरिने र भिमदत्त नगरपालिका भित्रका आबै सेवा केन्द्र एकिकृत रुपमा एकै कार्यालय बाट संचालन गर्न बजारमै मुख्री कार्यालय सन्चालन गर्न यस बर्षको मुख्य योजना रहेकोकुरा प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताउनु भयो !
सस्थाकी प्रवन्धक बबिता चन्द बमले सन्चालन गर्बु भएको क्रममा सहायक प्रवन्धक सन्तोशी चन्द, निशा चन्द ,तुल्सी लेखक , लिला भट्टले प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका प्रमुख प्रकाश सिंह कार्की को समेत सहभागीता रहेको थियो !