कञ्चनपुर,
लेखा अधिकृत पुष्कर सिह विष्टले आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गरेका छन । मालिकार्जुन गाँउपालिका लेखा अधिकृत विष्टले कञ्चनपुुर बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन ।
लेखा अधिकृत विष्टले आफन्त ईन्द्र साउद मार्फत ्शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका ८रोटेलामा रहेको बैजनाथ बृद्धाआश्रम धाममा बस्दै आएका जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेको जनाएको छ । दाल, चामल, नुन तेल सहित खाद्यान्न एव फलफुल वितरण गरेका छन । लेखा अधिकृत विष्टले हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गर्दै आएका छन । यस पटक पनि समाजिक काम गरेको जनाएको छ । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा समाजिक काम गरेको लेखा अधिकृतको भनाई छ । लेखा अधिकृत विष्टले जन्मदिनको अवसरमा अनाथ बालबालिकादेखि बेसाहरा जेष्ठ नागरिकलाई सहयोग गर्दै आएका छन ।