कञ्चपुर । नेकपा माओवादी केन्द्रले लालझाडी गाँउपालिकामा किसान माथि भएको आर्थिक शोषण अत्याचारको निष्पक्ष छानबिन गरेर दोषिलाई कार्बाही र पीडित किसानलाई न्यायको माग अघि सारेको छ ।
प्रमुख प्रतिपक्षीय दल माओवादी केन्द्रले ग्रामिण भेगका किसानमाथि भएको अत्याचारको निष्पक्ष छानबिन गरेर दोषिलाई कार्बाही र पीडित किसानलाई न्यायको माग अघि सारेको हो । माओवादी केन्द्र लालझाडी गाँउपालिका इन्चार्ज भक्ता रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा सहकारी मार्फत सुरो नेपालले किसान ठगिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
अनुदानको नाममा किसानलाई १ बर्षदेखि अनुदान खाने कार्य निन्दनिय भएको जनाएको छ । किसानमाथि घोर अन्याय भएको भन्दै माओवादीले छानबिन गरेर दोषि उपर कार्बाही र किसानलाई न्याय दिन माग अघि सारेको हो ।
सुरो नेपाल एनजिओले दोदा साना किसान सहकारी, अनमोल कृषि सहकारीका ३सय बढी किसानबाट अढाई करोड बढि रकम संकलन गरेर ठगेपछि चौतर्फि भत्र्सना भईरहेको छ । माओवादी केन्द्रले दोषि उपर कार्बाही र किसानमाथि न्याय नपाए आन्दोलनको चेतावनी दिएको छ ।