खडक रावल कञ्चनपुर,
चारदिनदेखि अबिरल रुपमा परिरहेको बर्षाले जिल्लाको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको वाढीले बस्तीसंगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आवट पोष्ट(बिओपी) पनि डुवानमा परेका छन ।
दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपी डुवानमा परेका हुन ।
जगबुढा नदीको वहाब बढेपछि दोधाराचाँदनी ३ पटराखल्लामा बाँध भत्किएर नदी गाँउ परेको छ । नदी गाँउ पस्दा सुन्दरनगर, कुतियाबर कञ्जनभोज, राजपुरे टाउ सहितका गाँउबस्ती पनि डुवानमा परेका छन ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सुन्दरनगर बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार विद्यालय र कञ्चनभोज बिओपीका विस्थापित ३० शसस्त्र प्रहरीलाई शहरी खोप केन्द्रमा सारिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ गणका गणपति एसपी लोकेन्द्र भट्टले वाढी अवागै आवश्यक कागजात समाग्री सहित त्यहाँ कार्यरत जनशक्तिलाई अन्यत्र सारिएको बताए । ‘दुवै बिओपी जगबुढा नदी तटिय क्षेत्रमा छन, ‘उनले भने, ‘नदीमा ओभरफुलू पानी भएपछि डुवानमा परेका हुन, विस्थापित भईएको छ ।’ कञ्चन भोजको बिओपी सार्न अर्को स्थानमा जमिन पाईएको भन्दै उनले सुन्दरनगरको जमिन नपाईएको बताए । वाढीका बेला जनताको उद्दार गर्ने सशस्त्र प्रहरीका बिओपी नै डुवानमा परेपछि झन सकंट निम्तिएको छ । दोधाराचाँदनी डुवान, कटान क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका छन
।