रमेश प्रशाद भट्ट
कञ्चनपुर,
कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन गरेका छन ।
वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन । भीमदत्त नगरको भुजेला, दोराधाचाँदनी नगरको जगबुढा वाढी प्रभावित क्षेत्र, सशस्त्र प्रहरीको बिओपी सहित वाढी प्रभावित स्थानीयसंग भेटघाट गरेका छन । प्रजिअ ढकालले विपदका बेला मानविय सेवामा खटिबद्ध भएर खटिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन । वाढीको संकटका बेला उद्दार, कटानी क्षेत्रमा पुर्नस्थापना, राहत एव पीडितमैत्री भएर मानविय व्यवहार गर्न समेत सरोकारवालासग आग्रह गरेका छन । ढकालले वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै थप उद्दार, राहतदेखि अझैपनि मौषम प्रतिकुलै रहेकाले जगबुढा, महाकाली, चौधर, मोहना सहित नदीखोला नाला तटिय क्षेत्रका स्थानीय सचेत रहन आग्रह गरेका छन । बर्षा नरोकिएपछि कञ्चनपुरको जनजिवन समेत प्रभावित भएको छ ।