कञ्चनपुर,

नेपाल पत्रकार महासंघले देश निर्माणका एकजुट हुन सम्बद्ध सबै पक्षसंग अपिल गरेको छ ।

पत्रकार महासंघ शाखा शाखा कञ्चनपुरले एक अपिल पत्र जारी गर्दै ेश निर्माणका एकजुट हुन सम्बद्ध सबै पक्षसंग अपिल गरेको हो ।

जेनजीको आन्दोलनका क्रममा राज्यको दमन, निहत्या नागरिकको ज्यान गुमाउनुपर्ने दुखत अकल्पनीय अवस्था सृजना भएको जनाउँदै महासंघले उत्पन्न परिस्थिति पछि प्रधानमन्त्रीको राजिनामापछि पनि सार्वजनिक सम्पत्ती एव निजी सम्पत्तीमाथि तोडफोड आगजनीका घटनाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो विषम अवस्थामा सम्पूर्ण देशवासी नागरिकहरु, सम्बद्ध पक्षहरुलाई संयमित, सचेत, गम्भिर र सम्वेदनशिल हुन जरुरी रहेको आब्हान गर्दै मु्लुकमा उत्पन्न संक्रमणकालको उचित व्यवस्थापन गर्न नसके मुलुकले अझै क्षति बेहोर्नुपर्ने अवस्था सृजना भएको जनाएको छ । निषेधाज्ञा, कफ्युका समयमा नागरिकले संविधान त पाउने सुचनाको हकका लागि फिल्डमा खटिएका पत्रकारहरुलाई रिर्पोटिङका लागि सहज वातावरण वनाईदिन समेत सुरक्षाकर्मीसंग अनुुरोध गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले हस्ताक्षर गरेको हार्दिक अपिलमा शान्ति, अमन चयन, लोकतन्त्र रक्षाका लागि देश निर्माणमा एकजुट हुन सम्बद्ध सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुस