कञ्चनपुर,
कञ्चनपुरका चार विद्यार्थी संगठनले सविधानबाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन । जेनजी आन्दोलन पश्चात देशमा उत्पन्न परिस्थितिको अवस्थामा चार विद्यार्थी संगठनले सविधानबाटै राजनीतिक निकास खोज्न आग्रह गरेका हुन ।
बिहीबार नेवि संघ केन्द्रीय सदस्य सन्जय अधिकारी, अनेरास्ववियु संयोजक विक्रम थापा, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवर र अनेरास्ववियू स्थायी कमिटि सदस्य रमेश पन्तद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा कुनै पनि नयाँ परिर्वतन अग्रसर हुँदै गर्दा ठुलो बलिदानी, मार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यतालाई कमजोर नबनाई व्यवस्थापन गर्दै संविधानबाटै निकास खोज्ने अपिल गरेका छन । विद्यार्थी सगठनले मुलुकको विषम परिस्थितिमा सम्पर्ण देशभक्त युवाहरुलाई संयमित सजक भई लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशिल रहन अपिल गरिएको छ ।