कञ्चनपुर,

जेनजी आन्दोलनकारीले सत्तामा नभएको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र कञ्चनपुरको पनि पाटी कार्यालयमा तोडफोड आगजनी गरिदिएका छन ।

भीमदत्त नगरपालिका ४महेन्द्रनगर विपक्षी दल कञ्चनपुरको पनि पाटी कार्यालयमा तोडफोड आगजनी गरिदिएका हुन । त्यसअघि आन्दोलनकारीले सत्ताधारी नेकपा एमाले, माओवादी केन्द्रकोे पाटी कार्यालयमा आगजनी तोडफोड गरेका थिए । सरकारी संचलन गरिरहेका काँग्रेस, एमालेका पाटी कार्यालयमा आगजनी गरेका आन्दोलनकारीविच माओवादी पाटी सरकारमा नभएकाले सो पाटी कार्यालय किन जलाउने भन्ने एक आपसमा वाद विवाद भएपनि केही आन्दोलनकारी माओवादी पाटी कार्यालयमा आएर आगजनी गरेका थिए । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष आनन्द सिह धामीले आगजनी तोडफोडबाट कार्यालयका कागजपत्र, कम्प्युटर, प्रिन्टिर, टेबुल, दराज, कुर्सी लगायतको फर्निचर, पङखा सहितका समाग्री जलेर पूर्ण नष्ट भएका छन ।

२३भदौँ सोमबार काठमाण्डौँमा भ्रष्टाचार र समाजिक सञ्जाल बिरुद्धमा भएको आन्दोलनमा प्रहरी निहत्या नागरिकको हत्या गरेको बिरोधमा २४ भदौँ मंगलबार कञ्चनपुरमा भएको जेनजी युवा विद्यार्थी आन्दोलनकारीले दलका कार्यालय, जनप्रतिनिधी, प्रदेश, संघीय सरकारका सांसद,मन्त्रीका निजी घर सम्पत्तीमा आगजनी गरेर ठुलो क्षति पु¥याएका छन । उनीहरुले जेनजीका जायज मागको मौका छोपेर प्रतिकृयावादी समुह, तत्व व्यक्तिहरुले आगजनी गरेको बताईरहेका छन ।

प्रतिक्रिया दिनुस