कञ्चनपुर,
जेनजी युवा विद्यार्थी आन्दोलनमा कञ्चनपुर घर भएका एक युवाको काठमाण्डौँमा मृत्यु भएको छ । भीमदत्त नगरपालिका १० गड्डाचौकीका युवा निरज पन्तको काठमाण्डौँमा मृत्यु भएको हो । मंगलबार जेनजीसंगको आन्दोलनमा प्रहरीको गोली लागेर घाईते भएका पन्तको मृत्यु भएको परिवारजनले जनाएको छ ।
मृतक पन्तकी दिदी चाँदनी पन्तले भिडदेखेर साथीथाईहरुसंगै के भईरहेको छ, हेर्नका लागि त्यहाँ गएका बेला प्रहरीले छातीमै ताकेर गोली हानेर मारिदिएको बताईन । ‘भाईसंगै बजार निस्किएका अरु फर्किएका रहेछन, ‘उनी फर्किएन, नजिकै पुगेको प्रहरीले छातीमै गोली प्रहार गरेको रहेछ ।’ गोली लागेर सडकमै ढलेका पन्तलाई उनकै साथीभाईहरुले मेट्रो अस्पताल लगेको बताईन । ‘भाई २४ भदौँमा घर नआएपछि हामीले सबै अस्पतालमा खोजी गर्दै जाँदा भाई मृत अस्पतालमै भेटिए, ‘उनले भनिन, ‘आन्दोलनमा सहभागि नभएका मान्छेमाथि सरकारले ठाँउको ठाँउ छातीमा गोली ठोकेर मारिदियो, यो भन्दा अरु के हुनसक्छ ।’ झण्डै २०÷२५ बर्षदेखि काठमाण्डौँकोे महाराजगन्जमा आयुर्वोद औषधी व्यवसाय गर्दै आएका थिए ।
दुई भाई दुई दिदिका जेठा भाई निरज जेनजी आन्दोलनमा गुमेपछि पन्तको घर परिवार शोकमा डुबेका छन । सीमा क्षेत्र गड्डाचौकीमा स्थानीय समेत रहेका पन्तको देहान्तसगै आफन्त, गाँउले ईष्टमित्र समेत शोकमा डुबेका छन । पन्तसंगै कञ्चनपुरका अन्य युवाहरु पनि घाईते भएको जनाईएको छ ।