कञ्चनपुर,
कञ्चनपुरको एक ईलेक्ट्रोनिक रिक्सा उद्योगले उत्पादन गरेका सवारी साधन
(ईरिक्सा) बजारमा दौडिएका छन । भीमदत्त नगरपालिका ५ बनखेत महेन्द्रनगरको सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगले उत्पादन गरेका (ईरिक्सा) बजारमा दौडिएका हुन ।
गत बर्षदेखि ईरिक्सा उत्पादन गरेको उद्योगले एकै बर्षमा ५० रिक्सा बिक्रि वितरण गरिसकेको जनाएको छ । सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगका प्रबन्ध निर्देशक दिवान सिह आग्रीले पहिलो बर्षमा ५०रिक्सा बिक्रि भएको बताए ।
‘हामीले भारत लगायत देशका विभिन्न शहरबाट कच्चा पदार्थ ल्याएर हाम्रै उद्योगमा रिक्सा निर्माण गछौँ, ‘उनले भने, ‘स्थानीय यातायात व्यवसाय गरेर स्वरोगार बन्ने युवा र यात्रुले मन पराएका छन ।’
उनले यस अघि महेन्द्रनगर अन्तैबाट निर्माण भएर आउने रिक्सा भन्दा बलियो, गुणस्तरिय एव सस्तोमै बिक्रि गर्न थालेपछि माग बढिरहेको बताए । ‘हामीसंगै उच्च जनशक्ति छैन, त्यस्तो जनशक्ति निरन्तर राख्दा उनीहरुलाई तलब दिन पनि सकिदैन, ‘उनले भने, ‘बाह्यबाट विज्ञ मगाएर प्राविधिकको भरमा निर्माण गर्दै बेचिरहेका छौँ ।’ प्रबन्धक आग्रीले भन्सारदेखि कर भन्झन भएकाले स्वदेशी बस्तु तथा सेवा उत्पादनमुलक उद्योग प्रर्बद्धनका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोडदिएका छन ।
‘हामीले जस्ता सुदूरपश्चिमकै ईलेक्ट्रोनिक रिक्सा कसैले पनि उत्पादन गदैन, ‘उनले भने, ‘अरुले बाह्यबाट बनिबनावट रिक्सा ल्याएर बिक्रि गर्दछ, हामीले अन्तबाट कच्चा पदार्थ ल्याएर नयाँ ईरिक्सा उत्पादन गछौँ ।’ रिक्सासंगै अन्य लोडर सहितमा समान ओसार्नेदेखि स्कुटी निर्माण गर्ने योजना रहेको बताए ।
सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगकी संचालक कल्पना आग्रीले स्वदेशमै लगानी गरेर केही न केही गर्न सकिन्छ भनेर एक बर्षदेखि उद्योग संचालनमा ल्याएको बताईन । ‘हामीले स्वदेशमै आत्मनिर्भरदेखि रोजगारी यहाँका व्यवसायी उपभोक्ताको सहजताका लागि ईरिक्सा उद्योग खोलेका हौँ, ‘उनले भने, ‘उद्योग प्रर्बद्धनमा स्थानीयदेखि केन्द्र सरकारकोे साथ सहयोग आवश्यक हुन्छ ।’ उद्योग संचालनमा आएपछि कच्चा पदार्थको मात्रै रकम विदेश जाने बाँकी रकम स्वदेशमै बन्ने गरेको बताईन । गत बर्ष १ असोज ०८१ विश्वकर्मा दिवसकै अवसरमा उक्त उद्योगको उद्घाटन गर्दै भीमदत्त नगरका मेयर पदम बोगटीले स्थानीय स्तरमै यसरी ईरिक्सा उद्योगले आर्थिक बृद्धिविकासदेखि समाजिक क्षेत्रमा टेवा पुग्ने बताएका थिए । उता उत्पादनशिल उद्योगलाई स्थानीय सरकार सहित तीनै सरकारले प्रर्बद्धन गर्नेमा जोडदिएका थिए । उद्योगले यस बर्ष १ असोज ०८२ सालमा दोस्रो बार्षिकोत्सव मनाउँदै भावि दिनमा थप प्रर्बद्धनका कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कञ्चनपुरका समाजसेवी प्रेम बहादुर चन्दले आत्मनिर्भर बन्नका लागि यस्ता उद्योग र उद्योगीलाई प्रर्बद्धन गर्नुपर्ने सुुझाव दिएका छन ।