जनक चन्द, असोज १०
जिल्ला समन्वय समिति कञ्चनपुरले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुक्रबार जिसस हलमा विजयादशमी, शुभ दिपावली, तथा छठ पर्व ०८२को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले गत विगतका बर्षहरु झै यस बर्षपनि निरन्तरता दिएको बताए । जिसस प्रमुख बोहराले विजयादशमी, शुभ दिपावली, तथा छठ पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउनुपर्ने जोडदिएका छन ।
कार्यक्रममा सहभागि विभिन्न सरोकारवालाहरुले यस बर्ष जेनजी आन्दोलनपछि देशकोे विषम परिस्थिति भएपछि आफ्नो धर्म, रितितिथि, संस्कार अनुरुप मनाउनुपर्नेमा जोडदिएका छन । कार्यक्रममा विभिन्न सरकारी गैर सरकारी संस्थादेखिका नागरिक अगुवाहरुको सहभागिता रहेको थियो
प्रतिक्रिया दिनुस