कञ्चनपुर, असोज १३
कञ्चनपुरको दोधाराचाँदनीमा रोडशेष करको लफडा मच्चिएको छ ।
चालु आर्थिक बर्ष ०८२÷०८३मा नगरपालिकाले आब्हान गरेको ठेक्का अनुरुप सफल निर्मा्रण सेवाले सडक उपभोग सेवा शुल्क उठाउने जिम्मा पाएको थियो । तर, कम्पनीले सम्झौता बिनै धमाधम ठेली काटेको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन । स्थानीय हरिस सिह साउदले नगरपालिकासंग सम्झौना बिनै धमाधम ठेली काटेको भन्दै स्थानीयले बिरोध गरेको बताए । अवैध रुपमा ५ठेली कोटेको भन्दै स्थानीयले रोक्न माग अघि सारेका छन । दोधाराचाँदनी नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश राज मिश्रले सम्झौता बिनै ठेली काटेको भए ठेली जफत गरेर प्रहरीलाई बुझाउनुपर्ने बताए । मेयर किशोर कुमार लिम्बुले सम्झौताको विषयमा जानकारी नभएको बताए ।
प्रतिक्रिया दिनुस