कञ्चनपुर, १९ असोज

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जगबुढासम्मको सडक बनाउन चासो नै नराखेपछि उक्त सडकमा निरन्तर सवारी दुर्घटना भईरहेका छन ।

प्रदेश प्रदेश सरकार बनेको ८ बर्षसम्म पनि उक्त सडकमा चासो समेत नदेखाउँदा सडकले जनतालाई सुविधा भन्दा पनि जनताको ज्यान लिईरहेको छ । कञ्चनपुर–डडेल्धुरा जोड्ने दैजी–जोगबुढा सडक खण्डमा जिप दुर्घटना भएको छ । गत मंगलबार बेदकोट नगरपालिका ३सिउडीबाग क्षेत्रमा जिप दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना प्रवक्ता सागर बोहराले दैजीदेखि जोगबुढा तर्फ यात्रु बोकेर गईरहेको से१ज४१७नम्बरको जिप सडकबाट २०मिटर खसेपछि दुर्घटना भएको बताए । प्रवक्ता बोहराले दुर्घटनामा परेर गम्भिर घाईते भएकी एक नाबालीकाको मृत्यु भएको बताए । उनका अनुसार बेदकोट नगरपालिका ४की २बर्षिया नाबालिका युबिका पालको उपचारका क्रममा महाकाली अस्पतालमा निधन भएको हो । युबिकाकी ३० बर्षिया आमा तारा पाल र १० बर्षिया दाजु प्रिन्स पाल पनि घाईते भएका छन । सिउडीबागमा भएको दुर्घटनामा परेर ताराले छोरी गुमाईन । भने, आफु र छोरा घाईते भई अस्पतालको शैयामा छन ।

प्रवक्ता बोहराले घाईते हुनेमा कृष्णपुर नपा १वाणीकी ३३ बर्षिया धना बोहरा, धनाकै ४ बर्षिया छोरा कमल बोहरा पनि गम्भिर घाईते भएका छन । परशुराम नगरपालिका ११का २४ बर्षिया बिरेन्द्र कुँवर २१ बर्षिया उनकै श्रीमती मनिसा कुँवर पनि घाईते भएका छन । परशुराम नगरपालिका ९का ३५ बर्षिया देवेन्द्र धामी र परशुराम नपा ४का २८ बर्षिया नरेश सार्की पनि घाईते भएका छन । अहिलेपनि कतिपय घाईते अस्पतालकै सैयामा छन ।

दशैँ तिहारका बेला स–परिवार सहित घर तथा ससुराली आफन्तको घरमा जाने क्रममा एकाघरमै सदस्य घाईते भएका छन । परिचय खुल्न नसकेका चालक भने फरार भएका थिए । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढेको जनाएको छ । बषौँदेखि सुप प्रदेश सरकारले अलपत्र पारेको उक्त सडकमा सवारी दुर्घटना नरोकिएपछि नागरिकले प्रदेश सरकार कमिसन खान र योजना बेच्न ठिक्क भएको तर, यस्ता सडक बनाउन ध्यान नदिएको आरोप खेप्दै आएको छ ।

प्रतिक्रिया दिनुस