कञ्चनपुर । कञ्चनपुरका तीन राजनीतिक दलले नेपालको संविधान ०७२ रहदासम्म बेलौरीको संविधान चोक नै रहने स्पष्ट पारेका छन । बुधबार नगर प्रमुख पोतिलाल चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माअोवादीले संविधान ०७२ रहदासम्म बेलौरीको संविधान चोक नै रहने स्पष्ट पारेका हुन ।

तत्तकालिन सत्ताधारी दल नेकपा एमाले,काँग्रेस र प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा संविधान रहदासम्म र नगरपालिकाले अर्को निर्णय नगर्दासम्म बेलौरीमा यस अघि राखिएको संविधान चोकको नाम परिर्वतन नहुने ठोकुवा गरेका छन ।

बेलौरी बजारमा रहेको संविधान चोकको नामाकरण बेलौरीमा रहेका सम्पुर्ण पार्टीहरुविच छलफलद्वारा सर्वसहमती भइ बेलौरी नगरकार्यपालिकाको नगर परिषदबाटै सर्वसहमती पारित गरिएको जनाएको छ ।

नगरपालिका कार्यालयमा कार्यरत रहेका करार तथा ज्यालादारी कर्मचारीको सम्बन्धमा कर्मचारी व्यवस्थापन कार्य समिति बनाई कर्मचारी व्यवस्थापन र आवश्यक भन्दा बढी भएमा यथाशिघ्र जिम्मेवारीबाट वर्खास्त गर्न समेत ध्यानाकर्षण गराएको छ ।

नगर भित्र रहेका अधुरा अपुरा योजना र शिक्षा स्वास्थ्य लगायत सडक तथा विकास निर्माणका काम कार्वाहीहरु यथाशिघ्र सुचारु गर्न माग गरिएको छ । नगरभित्र सरसफाई कर्मचारीलाई विहान ६ देखी ८ बजेको समय भित्र परिचालन गरेर बेलौरी स्वच्छ बनाउन सुझाव दिईएको छ ।

बेलौरीमा दिनहुँ जेन–जी एउटा पुस्ताको नाममा विभिन्न पार्टीका पदिए जिम्मेवारीमा रहेका व्यक्तीहरुले नै अनावश्यक रुपमा उचाली रहेका हुँदा यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली काँग्रेसका नगर परिषद सदस्य पेपुराम चौधरी, एमाले नगर अध्यक्ष नवराज शाही र माअोवादी अध्यक्ष लाल बहादुर चौधरीद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा समग्र बेलौरी वासी, सम्पुर्ण राजनितिक पार्टीका जिम्मेवार व्यक्ती, सम्पुर्ण युवा पुस्ता, आमा बुवा दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्धिजिवीहरु मिली एकताका साथ समृद्ध बेलौरी बनाउने अभियानमा हातेमालो गरि अघि बढ्नुपर्नेमा आब्हान गरिएको छ । तीन दलको ज्ञापन पत्र बुझ्दै मेयर पोतिलाल चौधरीले दलहरुले अघि सारेका एजेण्डामा पालिका गम्भिर रुपमा अघि बढ्ने जनाएका छन ।

प्रतिक्रिया दिनुस