सन्तोष धानुक

कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाण्ठौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन) र हामी नेपाल(एनजिओ)का संयोजक सुधन गुरुङ्ग बिरुद्धमा मुद्दा दायर गरिएको छ ।

गत २४ भदौँ जेनजी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ती लुटपाट, तोडफोड एव आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो । अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप जिल्लाबाटै उजुरी दिएको बताए ।

संयोजक थापाले काठमाण्ठोैँ महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुधन नै मुख्य योजनाकार भएकाले कानुन अनुरुप कार्बाही गर्नुपर्ने बताए । बालेन र सुधन बिरुद्ध मुलुकी फौजदारी संहिता ०७४को दफा १७७ दफा १७८दफा २४४दफा २८५(२)को उपदफा (क) बमोजिम जाहेरी दिएको छ ।

अनेरास्ववियुका पुर्व कञ्चनपुर अध्यक्ष ओम बस्नेतले जिल्लामै पनि जेनजी नाममा पहिलेदेखि अहिलेसम्म बेथिति भईरहेकाले रोक्नुपर्ने बताए । कञ्चनपुरमा सरकारी निजी सम्पत्ती लुटपाट, तोडफोड एव आगाजनीमा संलग्नमाथि कार्बाही गर्नुपर्ने बताए ।

अनेरास्ववियुका पुर्व नेता एव एमाले युवा नेता महेश पन्तले जेनजीका नाममा हुने सबैखाले अराजकता अनेरास्ववियु र पाटीले रोक्ने चेतावनी दिए । जाहेरी बुझ्दै कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले बाँजबुझ आयोगमा जाहेरी पठाउने बताए ।

प्रतिक्रिया दिनुस